ए एन एम एन बनभोज तथा भकुन्डो खेल कार्यक्रम २००८!
केहि समय अघि ए एन एम एन(एसोसियसन अफ नेप्लीज इन मिनिसोटा) ले बनभोज कार्यक्रम को लागि प्रेसित गरेको बिद्दुतिय आमंत्रण पत्र मा सहमति जनाएको थिए, म र मेरा मातापिता का लागी । हो आज त्यहि दिन थियो, एक प्रकारले भनौ मेरो माता पिता ले प्रतिक्षा गरेको दिन थियो । मेरा माता पिता नेपाल बाट आएको लगभग २ हप्ता भयको छ आज। नेपालमा, नेपाली हरुको माझमा गफ चुटेर खाने गरेको बानी, यहा, अनि यो एक्लो जीवन सैलि पक्कै पनि नौलो लागेको छ उहाहरुलाई । मैले कहि पैसा मासे पनि ६७ ले गुणन गर्ने बानि छ उहा हरुको, त्यसैले उहाहरुलाई लिएर किन मेल जानु भनेको मेरो लागि एउटा कठिन बिषय नै हुन पुग्छ । सायद हरेक नेपाली जन हरुलाई पहिले चोटि एस्तै अनुभव भयको हुनुपर्छ। म पनि एस बाट अछुतो बच्न सकेको थिईन । मैले उहा हरुलाई भनेको थिए कि आज कमसेकम २०० नेपाली हरु को जमघट हुन्छ भनेर र त्यसैले पनि उत्साहि हुनुहु्न्थ्यो उहा हरु । यस अगि उहा हरुलाई मैले २-३ नेपाली परिवार तथा मेरा केहि नेपाली साथी हरु संग मात्रै भेटाएको थिए । धन्यवाद सबै जना लाई । मेरा पिता माता सार्है प्रसन्न हुनु हुन्छ तपाई हरु को आत्मीय ब्यवहार देखी। धन्य छु , तपाईहरु प्रति हामिलाई पनि आफ्नो गोलाई अनि आफ्नै परिधि भीत्र राखिदिनु भएको मा ।
बिहानै(अर्थात ९ बजे नै) उठ्छु र मेरी आमालाई सामान्य नाश्ता तयार गर्न लागउछु। नास्ता खाएपछि सामान्य नुहाई धुवाई पछी मेरा माता पिता लाई अगाडि लगाएर मेरो भर्खरै किनेको जि पि यस(ग्लोबल पोजीशनिंग सिस्टम),नुभी ३६०, मा हामि जान लागेको ठेगाना हाल्छु। गाडि मा जि पि यस राखेपछि पृथ्वीको कक्ष मा रहेको भु-उपग्रह संग समन्वय गरेर हाम्रो तोकिएको ठेगानाको लागि , यसले मार्ग निर्देशक को काम गर्छ। झन एस मा रहेको त्यो ब्लुटुथ(बेतारे सुचना संजाल प्रबिधि) बाट टेलीफुन गर्दा त मेरा माता पिता दंङ्गै । म पनि पहिला त दंङ्गै भयको थिए । मैले हतारमा ठेगाना हाल्ने बेलामा घर नं गलत हालेछु , केहि बेर को अलमल पछि सहि घर नं को लागी केहि मित्र हरुको सहयोग लिनु पर्यो ।
आज को यो कार्यक्रम को मौका छोपेर प्रमोद खकुरेल ज्यु को संयोजनमा भलिवल कार्यक्रम पनि राखिएको थियो । कार्य तालिकामा बनभोज को कार्यक्रम त १:०० बजे सुचिकृत गरिएको थियो भने भलिबलको लागि १२:०० वजे नै सबै टिमले उपस्थिति जनाउनु पर्ने थियो र खेल कार्यक्रम १२:३० बजे सुरु हुनु पर्ने थियो । तर संयोजक ज्यु नै १:०५ बजे तिर पाल्नु भएको थियो । हामि खेलाडि जन हरु त केहि बेर रनभुल्लै परेका थियौ ।

खेल करिब १:३० बजे मात्र सुरु भएको थियो । मैले पनि “बिस्फोट” टिम बाट सहभागिता जनाएको थिए । मेरा टिमका उप कप्तान(भुपु कप्तान) रन्जित ज्यु ले २० डलर तिरेर हाम्रो समुह दर्ता गराउनु भयको थियो । हाम्रो समुह मा सन्तोस, रन्जित, डिपि , निर, दिवाकर डंबर र म स्वयं आवद्व थियौं । जम्मा ४ टिम को सहाभगिता थियो। फाईनल मा पुग्न को लागि २ खेल ( हरेक खेल सर्वोत्तम ३ को आधारमा खेलिएको थियो) खेल्नु पर्ने थियो । पहिला “नया नेपाल” टिम र “नर्थ मिनिसोटा” टिम को खेल भएको थियो त्यसमा २-१ ले नया नेपाल पहिले बिजय हासिल गरेको थियो । पछि हाम्रो समुह “बिस्फोट”, ए एन एम एन पदाधिकारी हरु संलग्न रहेको टिम संग खेलेको थियो र हामिले २-० ले बिजय प्राप्त गरेका थियौं ।
यो खेललाई थाति राखेर हामि बनभोजको खानपिन कार्यक्रम मा सहाभागी जनाउछौं , यतिञ्जेल मेरा पिता महातारी त्यहा पाल्नु भएका केहि भद्र महिला तथा सज्जन वृन्दहरु संग केहि बेर त्यहा संगै रहेको “सुसान” ताल सयर गरेर बिताउनु भयो त केहि बेर उहा हरु संगै भलाकुसारी गरेर समय बिताउनुभयको थियो । नेपाल छोडेपछि सायद यति धेरै नेपालीको भिड मा गफ गाफ गर्नु भयको पहिलो पटक हो । उहा हरु केवल २ हप्ता अगाडि मात्रै अमेरिका पाल्नु भयको हो । धन्यबाद तपाई हरुलाई जसले मेरा आमा बाबा लाई त्यो समय मा साथ दिनु भयो । धन्यबाद सबैलाई जसले मेरो बुबा मुमासंग आफ्नो खुलेर परिचय जनाउनु भयो । मलाई लाग्छ उहा हरुलाई सार्है रमाईलो लागेको हुनुपर्छ ।
खानपीन को कार्यक्रम मा सहभागी जनाउछौ हामी, च्युरा, भटमास, आलु काक्रा को अचार, पोलेका कुखुराका साप्रा हरु अनि पोलेका ति मकै, लाग्थ्यो यो कुनै नेपाल को कुनै सपनि गाउको सुनपधेरी ताल मा देउसी भैलो खेलेर गरियको भनभोज कार्यक्रम थियो । सार्है मिठो थियो खाने कुरा हरु ।
सबै उपस्थित नेपाली जन हरु ले कुखुरा को साप्रो लुछ्दै मा फुर्सद थियन। केहि नेपाल बाट भर्खरै आउनु भयका महानुभाव हरुले अमेरिका का मकै त गुलिया रहेछन भनेर प्रतिक्रिया जनाउदै हुनुहुन्थयो। १० डलर प्रति ब्यक्ति तोकिएको थियो, आजको बनभोज कार्यक्रम को लागि ।
मलाई दु:ख लागेको कुरा यहा निर पोख्न मन लाग्यो , ए एन एम एन ले गरेको बनभोज कार्यक्रम मा एएनएमएन का पदाधीकारी हरुकै निम्न उपस्थिति देखिनु अनि हजारौ नेपाली हरु रहेको यो सहर मा पनि सय नेपालीको उपस्थिति देखिन पनि गार्हो पर्नु के नेपाली हरु नेपाली ले नै गरेको कार्यक्रममा रुचि घटाएका हुन त ? मलाई अर्का एक मित्र ले भन्नु भयो कि यहा प्रवेश शुल्क राखिएको ले नेपाली हरु को संम्लग्न न्युन भयको हो रे ? के साच्चि नै यो कारण हो त ? रात्रि का बार र रेस्टुरेन्टहरु मा मा ८० सेन्ट को पिय पदार्थलाई निर्धक्कता साथ १० डलर संम्म तिरेर , एकै रातमा धेरै १० डलर हरु मास्ने हरु ले के यो विचार पोख्नु सहि हो त ? कहिले काहि यस्तो लाग्छ किन ए एन एम एन ले नेपाली युवा जमात लाई समेट्न सकेन ? के नेपाली हरु आफ्नै छाता संगठन मा सामेल हुन नखोजेका हुन या ए एन एम एन ले केहि योग्य काम गर्न नसके को ले मानिस हरु को मन मरेर गयको हो ? प्रस्न छताछुल्ल छर्न मन लाग्छ मलाई । जे होस ए एन एम एन को आज को कार्यक्रम लाई एउटा मिनिसोटा मा रहेका नेपाली हरुलाइ समेलेर सानै भयपनि नेपालि मन र मस्तिस्क को यउटा झजल्को गराउन खोजेको जस्तो लाग्छ मलाई , धन्यबाद ए एन एम एन पदाधिकारी ज्यु हरुलाई लाई जसले यो कार्यक्रम लाई निकै राम्रो संग पस्कनुभयो । अजै सबै पदाधिकारी हरुले आफ्नो उपस्थिति जनाईदिनु भयको भए अझ थप रमाइलो हुन्थ्यो होला त्यो क्षण । समग्र मा भन्दा आजको कार्यक्रम सफल भयको मान्छु म ।
खानपिन को कार्यक्रम पछि हामि फेरि भलिबल कार्यक्रम लाई नै निरन्तरता दिन्छौं , खेल सुरु हुन्छ “नया नेपाल” र ए एन एम एन पदाधिकारि संलग्न समुहको , खेल नया नेपाल ले जितेर फाईनल मा प्रबेश पाउछ । त्यस पछि “बिस्फोट”( म सहभागी भएको समुह) र “उत्तर मिनिसोट” समुह खेल सुरु हुन्छ , र हामिलै सजिलै २-० ले बिजयी भयर फाईनल मा प्रवेश पाउछौ। फाइनल को भिडन्त नया नेपाल र बिस्फोट को हुन्छ। निकै रोमान्चकारी खेल हुन्छ, मलाई थाह छ मेरो समुहलाई हौसला दिने सुभेक्षुक मित्र हरु धेरै नै हुनुहुन्थ्यो, धन्यबाद तपाई सबैलाई । खेल १-१ को बराबरि मा अगि बढी रहेको हुन्छ , दर्शक दिर्घा हरु खेल को मज्जा लिई राखेको मैले अनुभव गरेको थिए, तेस्रो तथा निर्णायक खेल सुरु हुन्छ , खेलमा १-२ अंक को अग्रता हाम्रो समुहको नै थियो , दुरभाग्य बस मेरो र मेरा टिम कप्तान को खुट्टा मा पिडौला पर्छ र त्यहि मौका मा नया नेपाल समुहले खेल आफ्नो हात मा पार्छ र अग्रता लिन्छ अनि बिजयी हुन्छ २-१ ले । र हाम्रो समुह ले द्वित्तीय स्थान मा नै चित्त बुझाउछौ। ट्रफी नया नेपाल टिमले लगे पनि , यो बिजय सबै उपस्थित नेपाली दाजु भाई हरु को हो जस्तो लाग्छ मलाई । यहा निर अंक को बिजयी भन्दा पनि नेपाली मन र मस्तिस्क अनि नेपाली माया र ममता अनि नेपाली साथ र साथित्ब अनि नेपाली समुदाय र नेपालीपन को बिजय भयको छ, जुन बढि महत्ब पुर्ण छ ।
खेल को ट्रफी बितरण गरेपछि थप परिचयका कार्यक्रम हरु हुन्छन । अनि सध्या ले बिसौनि खोज्ने बेला भैसकेको हुन्छ , साथी भाई, दाजु दिदी हरु अनि भाई बहिनि हरु संग बिदाबादी माग्छौ र मेरो ड्वांङ गाडि मा वसेर यु ट्युब बाट डाउनलोड गरेको “पोखरा माझी दाई फेवा तालको, लाउ माया साच्चिको नलाउ है ख्याल ख्यालै को” गीत घन्काउदै, बुबा मुवा लाई लियर उहि आफ्नो बासस्थान ईगन सहर फर्कन्छु ।
जदौ !!
धन्यवाद पढिदिनु भयको मा !
तपाई को मुहार मा सदा हासो छाई रहोस ।।
( तपाई आजका थप तस्बिर हरु यहा थिचेर हेर्न सक्नु हुन्छ । यदि तपाईलाई कुनै पनि फोटो ठुलो रिजोलुसन मा चाहिएमा मलाई पत्र कोर्नु होला – धन्यबाद )
(ईमेल बाट प्रतिक्रिया पठाउनु को सट्टा कृपया आफ्नो कुनै प्रतिक्रिया भयमा तलको टिप्पणी बाकस (कमेन्ट बक्स) मा पस्किदिनु भय मा कृतकृत्य हुने थिए। धन्यबाद । )
