सपना संसार !!!

कथा जीन्दगीको, जीवन दर्शन !July 12, 2008 7:46 am

आदरणीय पाठक महानुभाव हरु,
      सर्वप्रथम म तपाई हरुलाई तलका हरफ हरु एकचोटि ध्यानपुर्वक अध्यन गरिदिनुहुन बिनम्रतापुर्वक निबेदन गर्दछु । तपाईलाई जानकारी गराउ कि निम्न हरफहरु, मेरो ब्लग को एउटा प्रस्तुती “जन्म दिनको शुभकामना !” मा प्राप्त टिप्पणी बाट साभार गरेको हुं, र यसलाई लेख्ने कष्ट गर्नु भयको छ, नियमित पाठक मित्र पोखरली ठिटो ज्यु ।।।।

    “ जन्म दिनको शुभकामना ब्यक्त गर्नु भएछ भाइलाई। जीवन दर्शनशास्त्र को गहिराइमा गोतामार्न मन लाग्यो मलाइ। अनि हरेक बर्ष जन्म दिन मनाउनुको सान्दर्भिकता कोट्याउन मन लाग्यो मलाइ।
जन्म र मरण जस्तो नित्य जिवनचक्रमाथि मानव जातिले न त हावि पाएको छ र न त पाउने नै छ। मानव जाति के कठपुतली होईन जसको डोरि हाम्रो बिबसमा छैन? पूर्वनिश्चित दिनमा जन्म अनि पूर्वनिश्चित समयमा मृत्यु लेखिएर आयको प्राणिमा जन्मदिन अनुष्ठान के गौण जस्तो लाग्दैन र? गत बर्ष को तुलनामा मृत्यु निकटताको शोख मनाउनुमा बढि बौधिक जस्तो लाग्दैन तपाईलाई?
राम नवमी, कृष्ण जन्माष्टमिजस्ता दिनहरु मनाउछौं हामि भगवानको जन्म दिनका नाताले। मानिसको जन्मदिन मनाएर कतै हामिले दैविकताको दर्जादिने प्रयत्न गरेका त होईन? बिगत को एक बर्षको उपलब्धि अनि उताब चढाव को गणना गर्ने हेतुले आत्मविश्लेषण गरौं मौनतमा;उत्सवताको अभिनन्दनको ध्वनिमा होइन।
विनोदजीलाई दीर्घायुको कामना चांहि अवश्य टक्राउछुं एक अविदित व्यक्तिबाट।
“ – पोखरेली ठिटो

    म, न त कुनै दार्शनिक नै, न त कुनै जीवन शास्त्र को ज्ञाता नै । तर पनि माथी का हरफ हरु ले मलाई कता कता आज आफैलाई यो जैवीक संसार को परिभाषा भित्र घुस्न मन लागेको छ । जीबन के हो त? मृत्यु के हो त ? जीवन लाई आफ्नै परिभाषा दिने हरुको कमि छैन यहा । एउटा नसामा रमेको दुर्बेसनी युबाले जीवन को जुन परिभाषा दिन्छ, के त्यो परिभाषा एउटा सच्चा शाधु को परिभाषा संग मिल्ला त ? अर्को उदाहरण पस्कन्छु म यहा , के एउटा सच्चा ब्रम्हाचारीको जीवन परिभाषा लाई स्वागरात मा दुबुल्की मार्दै गरेका नब जोडी को परिभाषा संग दाझ्न सक्नु हुन्छ । कोहि मर्न देखि डराउछन यहा त कोहि मर्न को लागी ताती लाग्ने भिडको पनि कमी छैन यहा । सामुहिक आत्महत्या गरेर देह प्राप्त गर्ने अनि आफुलाई भगवान को शरणमा सुम्पेको आस राख्ने हरुको भिड पनि नभयको होईन यहा। पुनर्रजन्म को सपना देखेर, अर्को जन्म संमको लागि निदाउने मानिसको पनि कहा कमि छ र यहा ! र कोहि मृत्यु देखि कापेर आफ्नो जीन्दगी भरनै एउटा मृत्युरुपी जीन्दगी जीउने हरु पनि यो समाजमा प्रस्सत छन ।
   मेरा माथिका उदाहरण को मुल सार भनेको जीवन र मृत्यु को परिभाषा सबैले आफ्नो जीवन भोगाइ बाट गरेको हुन्छ भन्दा फरक नपर्ला । आदि गिलास भएको पानि को गिलास लाई कसैले आदि खाली देख्छ त कसैले आदी भरी, कुन सही कुन गलत । म त भन्छु, तपाईको हेराइले जे देख्यो, त्यो तपाईलाई बिल्कुल सही छ , तर अरु को हेराई तपाईको संग मेल नखान सक्छ । तपाईको दाया भयको बस्तु मेरो बाया हुन सक्छ , तपाइ र मेरो बिबाद यहा दाया बाया मा हुन्छ , बास्तवमा हामी दुबै आ‍-आफ्नो स्थान मा सहि छौं तर पनि मानव ब्यवहारको प्रतिरुप देखाउछौ हामी ।
   यहानिर प्रंसङ्ग बदलौं हामी, लागौं मेरा आत्मीय मित्र ज्यु को टिप्पणीतिर, उहालाई लागेछ हरेक बर्ष जन्म दिन लाई उत्सव गरेर मनाउनु को कुनै सार्थकता नै छैन, उहा जोड दिनुहुन्छ , जन्मदिनलाई उत्सबमा हैन सोखमा बदले बढी बौंद्दिक हुने बिचार पोख्नु भएको रहेछ , के लाग्छ तपाईलाइ ? उहा थप्नु हुन्छ ,जन्मदिन त भगवान को मात्र मनाईन्छ रे ? के मानव को जन्म दिन मनाउदा दैवीकता को दर्जा दिनु जरुरी छ त ? के हाम्रो जीवन चक्र मा हाम्रो केहि हक छैन त ? के हामीलाई केवल कठपुतली बनाईयको मात्रै हो त ? के हामी संग हाम्रो जीवनको केहि नियन्त्रण छैन त ? तपाई लाई के लाग्छ , कृपया आफ्नो कुनै प्रतिक्रिया तलको टिप्पणी बाकस (कमेन्ट बक्स) मा पस्किदिनु भय मा कृतकृत्य हुने थिए ।
   मेरो अर्का पाठक मित्र, सन्ध्या, ले पस्केको टिप्पणी मलाई यहा साभार गर्न मन लाग्यो, उहाले बिचार अनुसार यदि हामीलाई कठपुतली बनाईएको भए र हाम्रो जीवन मरण पुर्व निश्चित कार्यक्रम अनुसार चल्नेनै भए, किन मानव जाती जीवन मरण को लागी कसरथ गर्छ ? उहालई लाग्दो रहेछ, हाम्रो जीवन मा हाम्रो पनि केहि नियंत्रण छ भनेर । उहा बिश्वास गर्नु, हुन्छ देवीदेउता त केवल एउटा मार्गदशक मात्र हुन, हिढ्ने त केवल पाणी नै हुन ।
   यी त भए मेरा आत्मिय पाठक बर्ग का केही प्रतिक्रिया हरु । अब मुल बहस मा पस्न मन लाग्यो मलाई । मलाई लाग्छ जन्मदिन, उत्सव को रुपमा त्यो प्राणीले मनाउछ, जसले आफ्नो जन्म ले एउटा सार्थकता पाएको अनुभव गर्छ, मलाई फेरि यहानिर मित्र, पोखरेली ठिटो केही वाक्यांस साभार गर्न मन लाग्यो, “अनि हरेक बर्ष जन्म दिन मनाउनुको सान्दर्भिकता ‌‌‌‌‌‍‍‍————-, गत बर्ष को तुलनामा मृत्यु निकटताको शोख मनाउनुमा बढि बौधिक जस्तो लाग्दैन तपाईलाई ? “। हामी के लाई बौद्दिक मान्छौं त त्यो आ-आफुमा भर पर्ने कुरा हो । जसरी मैले माथीको अनुंक्षेदमा आदि गिलास को पानि को उदाहरण पेश गरे, त्येसरिनै तपाइ आफ्नो जन्म दिनलाई उत्सव वा सोकमा ढाल्न सक्नु हुन्छ होला। मित्र ठिटो ज्यु, सायद तपाईलाइ जीन्दगी भरि नै ठिटो बस्ने रहर लागेको हुन सक्छ र तपाइ जन्म दिन देखि अत्तालिनुहुन्छ, एक बर्षे आफ्नो ठिटोपन घट्यो भनेर ! फेरि यहा निर अर्को तपाईकै भावउक्ति उठाउछु म, “मानव जाति के कठपुतली होईन जसको डोरि हाम्रो बिबसमा छैन? पूर्वनिश्चित दिनमा जन्म अनि पूर्वनिश्चित समयमा मृत्यु लेखिएर आयको प्राणिमा जन्मदिन अनुष्ठान के गौण जस्तो लाग्दैन र? “, यहा निर तपाईको भाव बिपरित यो बाक्य प्रस्फुटन भयको पाएको छु मैले, तपाई भन्नु हुन्छ हरेक मानिस को जन्म मृत्यु मा मानव जातीको हैकम छैन र फेरि भन्नु हुन्छ जन्मदिन लाइ उत्सब हैन शोक ले मनाऊ , किन मनाउने शोकले जवकि पूर्वनिश्चित समयमा मृत्यु लेखिएर आयको छ भने ? के को लागी शोक गर्नु हुन्छ, म त भन्छु यदि तपाईलाई आफ्नो जीवन पर्ति अलिकति पनि सार्थकता देख्नु हुन्छ भने रम्नु होस यो समयमा आफ्नो सार्थक जीवनपर्ति, हो भोलि हामी सबैले मृत्यबरण गर्नु नै छ, र यसलाई नित्य जीबनचक्र नै भन्न रुचाउनु भयको छ तपाईले ।
   के जन्मदिन लाइ उत्सब को रुपमा मनाउन दैवीकता को दर्जा संग दाज्न मिल्ला ? गौतम बुद्द के मानव हैनन र ? यशुवा (जीशस ) पनि त एक मानवनै थिए , त्यसरि नै बहाउल्ला पनि त मानवनै थिय हैन र ? देवी देउता त एउटा आस्था हो जस्तो लाग्छ मलाइ, आज म संगै ज्युनार गरेको, मेरा कुनै मित्र भोलि देवता को रुप नलेलान भन्न सक्दिन म , मेरा मित्र संन्धाले आफ्नो टिप्पणीमा भने जस्तो देवीदेवता भनेका त केवल पथप्रर्दसक मात्र हुन । एउटा आस्था को दियो छ हामी भित्र, जसले हामी लाई एउटा उज्यालो प्रकाश छरेको छ र कतिले त्यो प्रकासलाइ निहाल्न सक्छन कतिले आफ्नो यो ब्यग्र जीवन मा यसको चालनै पाउदैनन, भन्न रुचाउछु म।

   हो म समर्थन गर्छु यो वांक्यासलाई “बिगत को एक बर्षको उपलब्धि अनि उताब चढाव को गणना गर्ने हेतुले आत्मविश्लेषण गरौं, मौनतमा” बिल्कुल सहि , हो ज-जसले आफ्नो जन्म उत्सव मनाउछ उसले आफ्नो बिगतको एक बर्ष को आत्मबिश्लेषण गरेर आफ्ना आउने बर्षको सामान्य कार्यतालिका पेस गर्न सक्ने हुनु पर्छ। तर मित्र ठिटो ज्यु को जस्तो शोकमा परेर बिश्लेषण गर्नु पर्ने बाध्यता मैले देखेको छैन । म त भन्छु हरेक मानिस ले हरेक दिन लाई एउटा आफ्नो जन्म उत्सब सरह मनाउनु पर्छ । उत्साही मन चाहिन्छ, चाहे त्यो सारिरिक बिकास होस या त मानसिक बिकास को लागि । सोकाकुल पाइला हरु लक्ष संग ढगमगाउछन ! किन ढगमगाउन दिने यी पाईला हरुलाई , जे मा मन खान्छ त्यस मा हात हाल्नु होस, मन, बचन, कर्म र तपाई उत्साह खर्चनुहोस , तपाई सफल हुनुह्नछ । हास्नुहोस र सक्नु हुन्छ भने अरुलाई पनि हास्न सघाउनु होस । मैले मानिस हरु देखेको छु , भोगेको पनि छु , यदि आफुलाई कुनै फाईदा छैन भने कुनै पनि काम मा हातै नहाल्ने । यहा निर हामी हरु को सोच परिवर्तन गर्न मन लाग्छ मलाई , कमसे कम आफु घाटा खायर अरु लाई फाइदा हुने काम नगरे पनि , यदि आफुलाइ कुनै नोक्सान हुदैन र आफ्नो सानो सहयोग ले कसैलाइ थोरै भएपनि सहयोग पुर्याउछ भने , आफ्नो हात अगाडि सारिदिउ, हुन्न र ? के नै छ र यो छोटो जीवन , किन रिस राव राख्ने अनि किन सत्रुभाव गास्ने ? हामि आफ्नै आफ्नै लाई किन पराई ठान्ने होइन र ? किन लडाई झगडामा यो छोटो आयु मास्ने ?

पढिदिनु भएको मा धन्यबाद !!

अस्तु !

(ईमेल बाट प्रतिक्रिया पठाउनु को सट्टा कृपया आफ्नो कुनै प्रतिक्रिया भयमा तलको टिप्पणी बाकस (कमेन्ट बक्स) मा पस्किदिनु भय मा कृतकृत्य हुने थिए। धन्यबाद । )

Mero katha, खुसी उमंग, कथा जीन्दगीकोJuly 10, 2008 4:13 pm

 Cake for Binod जुलाई १० अथवा असार २६, आजकै दिन मेरो प्यारो भाई बिनोद ले मेरी आमालाई एउट ममतामई खुसि ले सिंगारेको, त्यो दिन जन्म दिने आमा लाई जस्तो प्यारो कसलाई हुन्छ र । शिशीरका कठ्याङ्ग्रीदा ति जाडो हरु झेलेनौ को तिमीले अनि गर्मि का ती उराठलाग्दा दिन हरु संग जुदैनौ कि तिमीले तर पनि तिम्रो त्यो स्थिर मन, सलाम गर्न मन लाग्छ मलाई।

आज तिम्रो जन्म दिनको उपलक्क्षमा तिमिलाई सधै पर्गति, धिर्घायु , र सुश्वास्थ को कामना दिन सिवाय के नै सक्छु र म। अ अर्को कुरा मिल्ने भए तिमी लाई मेरो उमेर पनि लागोस। Cake for Binod तिम्रा हेरक पाईला हरु सहि मार्ग मा चालियुन, र सधै सफलता ले चुमुन। कस्तो संयोग, आज तिमीले अमेरिकामा सफ्टवेर ईन्जिनियर को कार्यभार संहालेको पनि १ बर्ष बितेछ, तिमीलाई अवश्य पनि तिम्रो काम को ईमान्दारिता को पुरस्कार मिल्नेनै छ, नुन को सोझो भयर काम गर्नु तर आफ्नो हक र अधिकार माथि कसैलाई पनि राज गर्न नदिनु । अनि तिमिले यहि बर्ष अमेरिका को दक्ष्य जनसक्ति को भिसा प्राप्त गरेको मा पनि बदाई ! धेरै खुसि हरु छन आज रम्नलाई , यस्ता रमाईला दिन हरु सधै हाम्रा जीबन मा आईरहुन ।

Mero katha, खुसी उमंगJuly 5, 2008 8:16 am

जुलाई ४ भन्ने बित्तिकै अमेरिका मा बस्ने जनमानिस मा एउटै छुट्टै भावनात्मक सोचाई उर्लनु कुनै नौलो कुरा होइन तर मेरा लागि त केवल एउटा छुट्टी को दिन भन्न रुचाउछु म। जुलाई ४ मा अमेरिका भरिनै सार्बजनिक बिदा हुन्छ । र तपाइहरु लाई यो कुरा पनि अबगत गराउ कि , यदी जुलाइ ४ मा शनिबार वा आइतबार परेमा सोमबार सार्बजनिक बिदा दिइन्छ। अमेरिकी नागरिक हरु यो दिन एउटा ठुलो चाड वा महोत्सब को रुपमा मनाउछन । आज भन्दा करिब २३२ बर्ष अगाडि आजकै दिन अमेरिका ब्रिटिस साम्राज्यबाद बाट स्वतन्त्र भयको थियो र त्यहि दिन पारेर यहा स्वतंत्रता दिवस मनाइन्छ। एक समयमा संसार भर नै ब्रिटिस ले सासन संहालेको थियो बन्दा अतिउक्ति नहोला यहा । जे होस आज अमेरिकाको ह्यापि बर्थ दे हो, “ह्यापि बर्थ दे ! अमेरिका”। प्राय जसो अमेरिकी परिवार हरुले स्वतंत्रता दिवस बिभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाउछन। बिषेश गरि बिहान को परेड कार्यक्रममा ८०% भन्दा बढी अमेरिकी जनमानसको उपस्तिथिति हुन्छ, परेड मा निकै रमाइलो हुन्छ, बाजा गाजा अनि रातो निलो र सेतो रंग को अमेरिकि झन्डा फरफराउदै सडकमा परेड खेलिन्छ । परेड मा बिभिन्न ब्यवसाय तथा क्षेत्रका मानिस हरु ले भाग लिन्छन । दिउसो बिभिन्न भोज भतेर र मित्र तथा पारिबारिक जमघत र खानपिन मा समय बिताउछन मानिस हरु यो दिनमा । साझमा दिपावली तथ पटका पढ्काउने कार्यक्रम(फाएर वोर्क्स) हुन्छ । यि त भए आम अमेरिकि नागरिकको दिन बिताई, जुलाई ४ को लागि।

हामि पनि अमेरिकामानै बसोबास गरेको र केहि नेपाली हरु त नागरिकता नै परिबर्तन गरेर अमेरिकी भएको अनि केहि नेपाली हरु नागरिकता परिबर्तन गर्ने धुन मा लागेको यो परिबेषमा, यहा का नेपाली समुदाय कसरी जुलाई ४ को कार्यक्रम बाट अछुतो रहन सक्छन र ? भलै अमेरिकी झन्डा नफर्फराय पनि खानपिन र फाएर वोर्कस मा प्राय जसो सबै नेपाली हरु ले सहभागित जनाउछन भन्न म पछि पर्दिन । आयोजक किरण थापा ज्यु को बिहिबार (जुलाई ३) मोबाईल फुन बाट आयको निमन्त्रणा लाई सहर्ष स्विकार्दै लम्किन्छौ हामि उहा द्बारा समन्वय गरियको कार्यक्रम मा । किरण गुरु मेरै कार्यलयमा वरिष्ठ सफ्टवेर ईन्जिनियरको कार्यभार संहाली राख्नु भयको छ । उच्च कुशल ईलम छ उहाको ! म संग मेरा एक अर्का भद्र पुरुष मित्र, तिर्थ राज पोखरेल ज्यु पनि हुनुहुन्थ्यो , उहा मेरो घरमा बिहिबार नै सानो कार्यक्रम को लागि पाल्नु भयको थियो। हाम्रो भागमा परेको कोइला, कोक , र खर्बुजा ,रेम्बो खाद्य भन्डार मा किनेर गाडि लाई ७५ माईल प्रति घन्टा को गतिमा राजमार्ग ३५ मा हुइक्याउछु म। किरण गुरु को फुन बाट प्राप्त सुझाव अनुसार म पुग्छु मेरो गन्तब्यमा । झुकिन्छौ हामि, मेक्सिकन अपरिचित मित्र हरु लाइ नेपाली हुन कि भनेर । मेक्सिकन हरु हेर्दा मा नेपाली जस्तै हुन्छन, गहु गोरो बर्ण का हुन्छन प्राय उनी हरु। मलाई याद छ धेरै चोटि मलाई मेक्सिकन संझेर केहि मेक्सिकन मानिस हरु ले स्पेनिस भाषामा(मेक्सिको को राष्ट्रिय भाषा) कुरा गरेका छन। केहि छिन को प्रयास पछि पत्ता लगाउछौ हामि, हाम्रो त्यो भेला हुने चौर ।
Friends
माफ गर्नु होला अग्रज मित्र हरु, दाजु भाउजु हरु , मैले पटक्कै तपाई हरु सबै को शुभ नाम संझन सकिन। मलाई १० – १५ जना नाम एकै चोटि संझन र टेलीफोन नंबर संझिन गार्हो पर्छ, यस माने मा कि यी संझने कुरा हरु होइनन , यी त आफै अगालिने कुरा हरु हुन, कसैले पहिलो भेटमा नै अंगाल्छ त कसैले केहि निरन्तर भेटमा। मैले तपाई हरु को साथ अंगाले आज, नाम फेरि कुनै दिन अंगाल्ने छु ।
अब यी सबै गन्थन गरे पछि, मुल कुरो मा पसौ न त। खास कुरा के भने , जुलाई ४ को मौका पारेर किरण गुरु भव्य भेटघाट तथा खानपिन को कार्यक्रम आयोजना गर्नु भयको थियो, त्यहा सहभागिता को लागि धेरै अग्रज मित्र हरु , उहा का परिवार जन हरु बच्चा वच्ची हरु , र केहि अग्रज मित्रका बाबा आमा पनि पाल्नु भयको थियो , लाग्थ्यो यो कुनै गाउघरको सानो तिनो मेला भन्दा कम थिएन । कार्यक्रम मा खानपिन र खेलकुद ले प्रार्थमिकता पायको थियो, तर मेरा लागि नया नया परिचय कम थियन । मैले करिब १५-२० जना नौला अनुहार हरु संग परिचय गरेको थिय आज, धन्यबाद किरंण गुरु यो मौका जुराईदिनु भएको मा । कार्यक्रम मा प्राय जसो सबै परिबारले केहि न केही खाने कुरा हरु ल्याउनु भयको थियो। आहा त्यो आलु को अचार, त्यो कुखुरा को मासु, त्यो पकौडा , लाग्थ्यो हामि कुनै बैबाहिक समारोहमा आफ्नो उपस्थिति जनाईरहेका छौ, केबल कमि थियो त बर- बधुको ।तर पनि त्यहा पाल्नु भयका दाजु भाउजु हरु कुनै नब बर-बधु भन्दा कम हुनुहुन्नथ्यो ।
बाबु
हा्म्रो कार्यक्रम सुरु हुन्छ पेटभरको खाजापान पछि , घर बाट नै पकायर ल्याएका ति स्बादीला ब्यन्जन हरु संझदा अहिले पनि मुख रसाउछ , भाग्यमानि संझन्छु आफुलाई यहा परदेस मा बसेर पनि नेपाली स्बाद अगाल्न पाउदा । धन्यबाद तपाई हरु लाई, जसले यो मौका प्रदान गर्नु भयो । मलाई संझना छ त्यहा केहि मित्र हरु ले बियर मासु र चिउरा को छुट्टै आनन्द लिनुभएको थियो । त्येस पछि सुरु हुन्छ हाम्रो भलिभल खेल्ने कार्यक्रम, बालुबाको भलिबल चौर हुन्छ यहा, एउटा समुन्द्रिक टट को भान दिन्छ यसले । खेलमा प्रर्योग भएका बाक्य हरु सार्है मिठा लाग्यो मलाई, केहि बाक्य हरु सापट लिन्छु म यहा “ सर्विस चाहि कटाउन पर्छ है ! ”, “थप मान्छे चाहियो, पठाउ?”( यो प्राय जसो अग्रता लियको टिम को बाक्य हुने गरेको थियो), “विक लिङ्क भेटियो” आदि आदि।

हाम्रो खेलसंगै बारबिक्यु को पनि कार्यक्रम थियो, मैले पहिला कोइला किन्दा ज्बलन पदार्थ, जस्तै मट्टीतेल, नहालिकननै बल्ने कोईला किनेको थिए, आज पनि त्यहि संझेर मैले केवल कोईला मात्र किनेछु, पछि किरण गुरुलाई ढौडाउनु पर्यो, ज्वलन पदार्थ लिनको लागि। कोईला बाले पछि नुन मसाला मा भिजाएको कुखुराका मासु का ठुला ठुला चोक्टा हामि पोल्न राख्छौ र फेरी भलीबल को कार्यक्रमलाई निरन्तरता नै दिन्छौ । केहि मित्र हरु ले कोक, केहि ले चुरोट र केहिले क्यान बियर को चुस्कि मारेको देख्छु म। हामि खेलमा फरकेपछि केहि महिला मित्र हरु ले मासु पोल्न सघाउनु भयको थियो । (तर पनि बिच बिच मा उहा हरुले, “मासु ढड्यो! मासु ढड्यो !! हामि त हेर्दैनम, आउनु पर्यो” भनेर चिच्याई रहनु भयको थियो) । तर पनि हामिले खेल लाई जारि नै राख्यो । फेरि खेल मा कोहि ठाकेर त कोहि हारेर यकछिन बिश्राम लिन्छौ हामी। बिश्राम को बेला मा कोहि बियर कोहि चुरोट, कोहि पानि, कोहि पोले को मासु खान तिर लाग्छन । त्यहा बजेका गीत हरु मलाई त सार्है मिठा लाग्यो, धन्यबाद आयोजकलाई जसले यो म्युजिक सिस्टम को ब्यबस्था गर्नु भयो । मैले आज भन्दा करिब १५-२० बर्ष अगाडि रेडियो नेपाल बाट सुनेको यो गित “किन रोयौं दमिनी भाउजु, दमैदाई ले कुटेर ट्याङ्को फुटेर” सार्है मिठो लाग्यो।

Thapa Dai

म आफ्नो बिश्रामको त्यो मौका लाई त्यहा पाल्नु भयका २-४ जान भाई बहिनी संग ब्याटम्यान्टिन खेल्न उपयोग गर्छु । फरर्र अंङ्गरेजी बोल्दा रहेछन , म त झुक्किए नेपालि नै होइनन कि बनेर, पछि राम्रै नेपालि बोले पछि मात्रै यी भाई बहिनि हरु हाम्रै भाई भहिनी हुन भन्ने थाह पाए । हामि देश छोडेर जति टाडा भयपनि आफ्नो भाषा र आफ्नो संस्कृती लाई छोढ्नु हुन्न जस्तो लाग्छ मलाई। मलाई खुसि लाग्यो तिनिहरु जति राम्रो अंङ्गरेजी बोल्दा रहेछन त्यति नै राम्रो नेपाली पनि, लेखन त थाह भयन है मलाई त। पछी फेरि एउटा फाईनल भलिबल खेल खेलेर हामिले खेलाई लाई बिट मार्छौ हामी।
खेल पछि फेरि खान पिनको कार्यक्रम सुरु हुन्छ। मैले त एउटा कुखुराको पोलेको साप्रो समातेर लुछ्न थाल्छु साथ साथे खर्बुझाको पनि आनन्द लिन्छु।

करिब बेलुकि को १० बज्न लागेको हुदो हो, सबै सामान हरु पोको पारेर आ-आफ्नो गाडिमा हाल्छौ हामि र हानिन्छौ फायर वर्कस हेर्न को लागि, एपल भ्याली को खुला मैदान मा। गाडि लाई एउटा पैदल हिड्ने बाटोमा उकालेर पार्क गर्छु म। मेरो साथमा तिर्थ गुरु हुनुहुन्थ्यो त्यो समयमा।


अनि करिब आदि घन्टा को पटका पडकाई र त्यो झिलिमिलि हेरेर म घर फर्कन्छु। ब्लग लेख्न मन लागेको कुरा पस्कन्छु तिर्थ र किरण गुरु लाई , अनि हौसाउछन उनि हरु , अनि म लेख्न बस्छु । अहिले राति को १ बजि सकेको छ । धेरै थाकेको ले ब्लग भोलि प्रकासन गर्ने सोचराख्दै म अब सुत्न जान्छु, फेरी एउटा नया सुनौलो बिहानि को लागि ।

पढिदिनु भएको मा मुरि मुरि धन्यबाद ।

जदौ