अमेरिका को म्यासाचुसेट्स ग्लॉस्टर माध्यमिक विध्यालयमा(Massachusetts Gloucester High School) अध्यनरत केहि किशोरी हरु ले एउटा बिषेश समुह गठन गरेको रहस्य खुला भयको छ ।यो समुह ५० बन्दा बदी किशोरी हरु मिलेर गठन गरेका थिय । यो समुह मा रहेका किशोरी हरु ले एउटा गोप्य सम्झौता गरेका थिय । हाल यो सम्झौता बमोजिम १७ किशोरी हरु गर्भावस्थामा छन र यहि जुलाई महिना मा डेलिभरी गर्दै छन। समुदायका केहि लक्का जवान परुष र केहि आफ्नै बिध्यालय का सहकर्मी पुरुष मित्र बाट उनी हरु गर्बवती भयका थिय । निम्न किशोरी हरुले करीव ८ महिना पहिल एउटा संझौता गरेका थिय। संझौता बमोजिम सबै किशोरी हरु सामुहिक गर्बवती हुने र बच्चा बच्ची हरु मिलेर एकै चोटि हुर्काउने निर्णय गरेका थिय। म्यासाचुसेट्सका स्वास्थ्य अधिकारि अनुसार करिब ६-७ महिना अगाडि सयौं किशोरी हरु गर्भावस्था को परीक्षणका लागि आएका थिय , र सबै जसो किशोरी आफु गर्बवती नरहेको थाह पाए पछि निरास मुद्रा मा फर्कने गरेका थिय। र लाग्छ उनिहरु आफु गर्बवती हुन का लागि सक्दो प्रयास गरेका थिए ।

तपाई हरु लाई यो कुरा अवगत गराउ कि यि सबै जसो किशोरी हरु १६ बर्ष मुनि का छन र म्यासाचुसेट्स
राज्य मा १६ बर्ष मुनिका माथि गरिने यौन सम्पर्क अवैधानिक मानिन्छ । मलाइ अहिले ति पुरुस महाजन देखेर चिन्ता लागि रहेको छ , हुन त तिनिहरु को मात्र पनि त दोष होइन नि, तर के गर्नु, बिचरा जोस मा होस गुमायका यवा हरु। मलाई लाग्छ यसले त गंभीर संकट पो निम्त्याउछ की ।

म्यासाचुसेट्सका अधिकारिहरु अनुसार यो बर्ष १७ बर्ष मुनि का गर्ववती हुने किशोरी हरु को शंख्या ४ गुना ले बढेको छ। अमेरीका ले बिभिन्न बिकासोन्मुख देश हरुम कम उमेरका किशोरी हरु मा हुने यौन संपर्कले ले गर्दा हुने सम्स्या हरुमा बिभिन्न प्रोजेक्ट हरु सन्चालन गरिरहेको छ , अब बिभिन्न बिकासोन्मुख देशहरुले पनि अमेरिकी सहयोग को सौगात स्वरुप अमेरिकी किशोरी हरुलाई यौंन शिक्षा दिने कार्यक्रम संचालन गर्ने हो कि ?

लेख पढिदिनु भयको मा धन्यबाद !!

जदौं ।।