क्रिसमसको ठिक अगिल्लो दिन, मलाई याद छ म त्यो दिन बजार गएको थिए, सामान्य किनमेल को लागी । क्रिसमसको को उपहार खरिद गर्न को लागि त्यहा ठुलै भिड थियो। म पनि मलाई चाहिने सामान हरु हेर्दै थिए , तर त्यो भिड देखेर मलाई कता कता रिस उठिराखेको थियो । यहा किनमेल सकेर मेरो अरु पनि १-२ ठाउमा जानु पर्ने थियो । कहिले काहि त यस्तो लाग्थो यो चाडवाड किन आउछ भनेर ! जता ततै भिडै भिड अनि पैसा को खर्च मात्र । म त्यहा पसल भित्र को खेलौंना सेक्सन मा पुग्छु ।अनि मन मनै गुन गुनाउछु , म पनि अहिले बच्चा भयर ति सबै खेलौंना खेल्न पाए कति रमाईलो हुन्थो होला । कति सुन्दर अनि हेर्दै प्राक्रितिक लाग्ने ती खेलौंना हरु म पनि केहि बेर टोलायर हेरिरहन्छु । यत्ति कै मा म केहि पर बाट एउटा नाबोद बालक, करिब ५-६ बर्ष को हुदो हो, रोइरहेको देख्छु म , उ आफ्नो हजुरामा संग खेलौंना खरिद गर्न त्यहा आएको रहेछ । मलाइ याद छ त्यति खेर त्यो बालकले यउटा सुन्दर परी जस्तै लाग्ने खेलौंना अंगालेर रोईराखेको थियो र आफ्नो हजुरआमा संग त्यो किनिदिन सक्दो बिन्ति चडाउदै थियो तर उता उसकि हजुरआमा त्यो खेलौंना महङ्गो भयको र आफु त्यति धनि नभयको ले किन्न इन्कार गरिरहेकी देखिन्थिन र बरु उनले आफुले त्यो बालकलाई केहि किन्न भन्दा पनि गुडिया हरु देखाउन ल्याएको र पछि धनि भयपछि किनिदेने बिचार गरेको कुरा बालकलाई स्पस्ट पारिदिन्छिन तर बिचरा त्यो अबोद बालक लाई के थाह , धन के हो भनेर !
यत्तिकैमा म त्यहि बालक रहेको छेवैमा पुग्छु र सोध्छु उसलाइ, बाबु तिमि यो खेलौंना कसलाई उपहार दिन लागेको हो ? बच्चा रुन्चे स्वर मा भन्छ “यो गुड़िया मेरी बहिनी लाई सबै भन्दा मन पर्ने गुडिया हो , र उसले यो क्रिसमसको सेन्टा क्लज त्यो गुडिया लाइदिनुहुन्छ भनेर केवल एउटा मात्र प्राथना राखेकि थिई ।“ अनि मैले उसलाई सहज रुपमा संझाउन खोज्छु, “ ठिकै छ नि त बाबु , आखिर सेन्टा क्लजले तिम्रो बहिनी लाई यो खेलौंना भोली घरमा नै ल्याएर दिन्छ।” अनि उसले मलाई रुन्चे बोलिमा एकदम निन्याउरो अनुहार पार्दै भन्छ: ” अंह , सेन्टा क्लजले यो खेलौंना मेरी बहिनी दिनै सक्दैन , यो खेलौंना त मैले मेरी आमालाई दिन्छु अनि मेरी आमाले मात्र मेरी बहिनीलाई दिन सक्छिन।”
म उसको आखामा हेरिरहन्छु, म संग सोध्न को लागि प्रस्न नै अपुरो छ जस्तो लाग्छ मलाई । उ फेरी थप्छ “ मेरी बहिनी भगवान को मा गएकी छ र मलाइ मेरो ड्याडिले भन्नु भयको , मेरी आमा पनि छिट्टै भगवान को मा जादैहुन्छ रे र म त्यहि मौंका पारेर म मेरी आमालाई यो गुडिया मेरी बहिनी लाई लगिदिन आग्रह गर्दुछु ।” मेरो मुटु मा भक्कानो छुटिसकेको थियो, त्यति खेर, म नाजबाफ थिए त्यस बेला । उ फेरी सुकसुके स्वरमा थप्छ “ मैले मेरो ड्याडि लाई, ममिलाइ म गुडिया लिएर नआइन्झेल सम्म भगवानको मा जान नदिनु भनेको छु”
अस्तु !!
