२००८ को मेमोरियल सप्ताहान्त अग्रज मित्र डिपि (उर्फ दीपेन्द्र, मानौंकि उ कुनै यउटा राज कुमार हो) को साथमा बिताए। २ दिन सम्म त मेरो ठेगान भनेकै डिपि को छाया भयको थियो, मानौंकी कि उसको छायामा एउटा आत्मिय भाव थियो । म आफैलाई थाह छैन त्यो २ दिन कसरि २ पलमै बित्यो । नया नया साथी हरु , नया नया अनुभव हरु, अनि नया नया भोगाइ हरु शायद एउटा याद बनेर बस्ने छ मेरो लागि त्यो मेमोरियल सप्ताहान्त ।

शनिबार बिहान डिपि को फोन कल बाट सुरु हुन्छ मेरो भोगाइ, हो त्यो निम्तो केबल भलिबल को लागि मात्र थियो, केबल तेहि यउटा सानो तालको छेउमा रहेको भलिबल चौर जहा स्थापित भैसकेका नेपाली हरुको जमघट कार्यक्रम थियो, मलाइ तेति खेर के थाह त्यो सप्तहान्त भलिबलमा मात्रै सिमित हुदैंन भनेर। हतार हतार मेरो भान्जि हरु संगको भोवाइस च्याट बन्द गरेर लम्कन्छु, त्यो शनिबार बिहानि। २२ माइल को कार हकाइ पछि पुग्छु त्यो गन्तब्यमा, अनि भेट्छु नया साथि मिठारामलाई, जो एउटा मनोरम जिन्दगीको भोगाइ गरिरहेको हुन्छ । सायद तेहि भोगाइले होला उ हामी संग भलिबल खेल्न जानलाई अस्विकार गर्छ र आफ्नै स्पनरुपि संसार नै चुम्न मा व्यस्त हुन्छ ।  म, रन्जित र निर लाई लिएर अब हाम्रा मित्र दिपेन्द्र गाडी लाई हुइक्याउंछन, मैले मेरो गाडी लाइ त्यही दिपेन्द्र को पार्किङ्ग लटमा नै मिल्काएको थिए, त्यसबेला। करिब १० मिनेट पछि हामी भलिबल कोर्ट मा पुग्छौं र त्यो बालुबै बालुबा को चौर जहा पहिलेनै करिब ८-१० जना को संख्या मा रहेका नेपाल दाजुभाइ हरु संग मिसिन्छौं । हात त लग भग सबै सग मिलाइयो तर नाम भने सम्झन गार्हो भयो मलाई । करिब ७ खेल पछि त्यहि हुनु भएको एउटा दाइको कुखुरा को मासु को सेकुवा खाने निम्तोलाई पछि पार्दै फेरि डिपि को घरमा नै फर्कन्छौ । त्यो भलिबल खेल मलाइ सार्है रमाइलो लाग्यो , कतिऔ पटक त सर्भिस गरेकै भरमा गोडा ५- ७ अंक आउने, लाग्दथ्यो कि हामि भलिभल खेल भन्दा पनि यउटा नाटकिय अभिनय को रमाइलो लिइराखेकेका थियैं र हरेक स्वयं पात्र र दर्शक थियौ । दिपि को घरमा आयपछि म्यारिज खेल्ने र कुखुराको सेकुवा अनि मकै पोलेर खाने कार्यक्रम को योजना भयो, अब पर्यो फर्साद , म त केबल भलिबल खेल्न गयको मान्छे , के डिपि र उसका मित्र लाइ मेरो थप उपस्थितिले सहज बनाउला त? जे त होला होला डिपिले के एक बचन बस्  के भनेको थियो , मैले उसले पुरा गर्न नपाउदै सहमति जनाइसकेको थिय। नजिकैको टि सि एफ बेङ्क बाट ४० डलर नगद लियर तास खेल्न बस्छु । तेहा दिबाकर, उर्फ सानो सरकार , निर उर्फ पोखरेलि कान्छो, र उसकि पोखरेलि कान्छि, मिठा र उसको नगद पियारि,उर्फ पाण प्यारि र मेगन , र रन्जित को पनि उपस्थिति थियो।  मलाइ कसैले तेरो सबैभन्दा मन पर्ने  स्त्रिलिन्गि नाम के हो भनेर कसैले सोध्यो भने मेरो जबाफ हुनेछ, मेघन र दिक्क्ष्या , तर नामके पिछे क्या हे भनेझै , मैले मेगन नाम अनुसार को पाइन अर्थात भनौ मेगन, मेगन जस्तो पाइन । तर पनि उसको तो कोमलपन र लज्जा सर्हानिय छ। हामिले म्यारिज र फरास भन्ने खेल खेल्यौ  र केहि साथिहरुले त पिउदै मज्जा लिन थाले, हो पिउदै खेल्ना को मज्जा नै अर्के हुन्छ रे, म पनि के कम रक्सि खाने  गिलास मा कडा कोक राखेर पिइदिए। मलाइ कोक र दालमोट को त्यो खबाइ कुनै राजकिय ह्विस्कि भन्दा कम थियन । हुन त ह्स्कि को मज्जा म कोक को सोजो लाइ के थाह । करिब ३ घन्टा पछि खेल रोकेर हामि सेकुबा बनाउन थाल्यौ , मैले करिब २३ डलर जितिसकेको थिय। तेसपछि साथिहरुले आगोबाल्दै गर्दा मैले त्यो जितेको पैसाले साथिहरु लाइ २४ बोटल बाला कोरोना बियर को डिब्बा नाइ  किनेदिए । बडा मज्जा आयो खाइयो र कति जना ले पियर पनि मज्जा लिय भने मैले पियको हेरेर मज्जा लिय । एक जना साथिको दुखेसो सुन्ने मौका पनि पाय । उसको त्यो पिडा उसलाइ मात्र थाह छ , जब ५१% तलब , सबै बोनस र फिर्ता आयको कर सबै, बिना फ्वासैमा कोहि दोस्रो मान्छे लाइ तिर्नु पर्दा । उसले दियका सुझाब मेरा लागि मार्ग दर्शक हुन सक्छन । यहा कति जनाको बिचल्लि भयको को छ अन्जानैमा, तर पनि उसको साहसला म सलामि गर्नै पर्छ । कति कुरा हरु सार्है ब्यक्तिगत भयकाले मैले यहा लेख्न चाहेर पनि सकिराहेको छैन । हाम्रो त्यो खान पिनि पछि सबैजना फेरि तासको खालमा लाग्यों । मलाइ याद छ त्यो सेकुबा नेपालिले भन्दा तेहा उपस्थित ३ जना बिदेसि ले मन परायका थिय।   भेलुकि को खेलमा कोहि साथिहरु आफ्ना अर्धाङ्गिनि साथैमा लियर खेल्न आयका थिय, र अचम्म भनौ या के भनौ अर्धाङ्गिनि ल्याउने सबै साथि हरुले जितेर गय । मैले करिब ४५ डलर हारे, त्यो साझ।  यस बेला सनिबार राति को २-३ बजि सकेको थियो, सार्है थाकेकाले र पैसा पनि हारेकाले , तास खेल रोक्ने प्रस्ताब लाइ मैले स्विक्रिति जनाए। र सबै जना बिदाबादि गर्न थाले , म भने सोफामा सुत्ने भय, तेहि डिपि को अपार्टमेन्टमा । मलाइ याद छ , मेरो अर्को साथि , भाशु रिसालको अनुशार, बिहे गर्नु र बिहे नगर्नु को भिन्नता भने को खाटमा सुत्नु र सोफामा सुत्नु हो रे, बेग्लै बेग्लै आनन्द रे। मेरो सोजो बुझाइ अनुसार म त शोफामै मज्जा ले निदाय,फेरि भोलि को नया उमंग को लागि।  

                                                                                                                          क्रमश…….

आजको लागि जदौ !