मेरो आज काम सुरु भयको ठीक तीन महिना १० दिन बितीसकेको छ। म हाल ThomsonReuters ( थोम्सोन रोयटेर्स), भन्ने बहुराष्ट्रयिए कम्पनी मा काम गरीरहेको छु। मेरो पद सफ्टवेर ईन्जिनियर हो । अमेरिका को सेन्ट क्लाउड स्टेट युनिभर्सिटी बाट कंप्यूटर विज्ञान मा  मास्टर डिग्री हासिल गरेपछी मैले यो कम्पनी मा काम सुरु गरेको हुँ । यो भन्दा अगाडि मैले अमेरिका कै अर्को कम्पनी, नुक्लेअर म्यानेजमेन्ट कम्पनी, एक्सल एनर्जी  ( Nuclear Management Company, Xcel Energy ) मा ईन्जिनियरिङ इन्टर्न भयर काम गरेको थिए ।  नुक्लेअर म्यानेजमेन्त कम्पनी को काम भनेको यूरेनियम प्रसोदन गरेर बिजुली उत्पादन गर्ने हो भने अहिले काम गरी राखेको कम्पनी थोम्सोन रोयटेर्स ले बिशेष गरी ६ क्षेत्र मा हात हालेको देखिन्छ । ति हुन अर्थ, श्वास्थ ,कानूनी, विज्ञान प्रबिधी , सुचना प्रबिधी र कर र लेखा । रोयटेर्स न्युज एजेन्सी सुचना संझाल को क्षेत्र मा प्रसिद्ध नै मानिन्छ । थोम्सोन रोयटेर्स को मिडिया क्षेत्र को यो लगानी लाई उत्कृष्ट नै मान्न सकिन्छ । यसै गरी कानुनका  विश्व प्रसिद्ध पुस्तक हरु सम्पादन गर्नु र छपाइ गर्नु पनि यश्को आर्को काम हो । एसै गरी अर्थ, श्वास्थ ,कानूनी, विज्ञान प्रबिधी , सुचना प्रबिधी र कर र लेखामा  विभिन्न सफ्टवेर  निर्माण पनि यस कम्पनी को कार्य मा पर्दछ । सफ्टवेर का ग्राहक हरु मा ल फोरुमहरु , सरकारी कर कार्यालय हरु, हस्पिटल र नुर्सिङ होम हरु , वकिल र कानून का छात्रहरु , सरकारी अड्डा अदालत हरु,बिश्व-विद्यालयहरु , सुचना संचार केन्द्र हरु आदी पर्छन । यो कंपनीका  शाखा कार्यालय हरु करीब ३० मुलुक मा फैलियका छन र ५०,००० भन्दा  बडी स्थायी कर्मचारी हरु छन । मेरो काम गर्ने इगन शाखामा मात्र ५०००+ स्थायी र करीब ३०००+ अस्थायी कर्मचारी छन । म यहाँ को स्थायी कर्मचारी हुँ । मेरो काम भनेको नयाँ सफ्टवेयर प्रबिधी को प्रयोग गरेर सफ्टवेर निर्माण गर्ने हो । मैले प्रयोग गर्ने प्रबिधी हरु मा जाभा जे टु इ इ , ग्रूवी ग्रैल र ओरेकल  बडी  प्रयोग हुन्छन ।
मेरो बसाइ मेरो अफिस भन्दा ३ माहिल (लग्भग ५ किमी) टाढा पर्छ । बिहान ७ बजे उठछु, ४५ मिनेट   जस्तो तयार     हुन लाग्छ र ८ बजे काममा पुग्छु । यहाँ को नियम बिहान ७  देखी  ९ बजे सम्ममा आयमा हुन्छ र तेस पछी ८ घण्टा काम गर्नु पर्छ। आदी घण्टा भोजन को लागि छुट्टै छुट्याउन पर्छ । तेसैले आयको साडे ८ घण्टा पछी मात्र घर फर्कन पाहिन्छ। दिन भरी कम्प्युटरमा  प्रोग्राम लेखेर समय बित्छ। नेपाल र बिदेशका समाचार पनि मेरा लागि आकर्शनका  बिषय हुन। 
दिन भरी को काम को थकान बोकेर फेरी आफ्नो अपार्टमेन्ट ( भाडामा लियको कोठा ) मा फर्किन्छु र उही आफ्नो मित्बयी साथी कम्प्युटर  अङगालेर  कहिले बुवा आमा सँग त कहिले साथी हरु सँग च्याट मा बिताउछु  त कहिले मनोरन्जन का बिभिन्न  साइट हरु हेरेर समय बिताउछु । म दैनिक १ घण्टा जस्तो तन्दुरुश्ती को लागि छुट्याउछु, जसमा नियमित शारीरिक ब्यायम हरु पर्छन । बेलुका को खाना हामी हरु ले प्राय जसो घरमा नै बनाउछौ , मेरो ईण्डियन रूममेट मासु को आइट्म बनाउन तगडा छ । माछा मासु त दिन दिनै को खाना जस्तो हुन्छ । बेलुका को खाना खाए पछी   भोली बिहानि को नौलो जीवनी लाई सम्झिएर आँखा को ढोका लगाउछु, फेरी एउटा जिबन्त बिहानि को लागि ।

पढिदिनु भयको मा धन्यबाद
तपाईं को यो समय सफल रहोस।