सुचनाJanuary 11, 2009 2:55 am सपनासंसार

सपनासंसारप्रेमी साथी हरु
नमस्कार,

यो साईट नयाँ ठाउँ म सारेको छु । तपाईं हरु घुम्दै यहाँ आइपुग्नु भयो भने sapanasansar.com टाईप गरेर सपना संसार मा बिचरण गर्न सक्नु हुन्छ ।

तपाई पनि सपनासंसार लाई आफ्नो श्रृजना को आगनि बनाउन सक्नुहुन्छ । कुनै पनि प्रकासन योग्य श्रृजना भएमा, info@sapanasansar.com मा सम्पर्क गर्नुहोला। केहि सुझाब भए पनि info@sapanasansar.com मा नै सम्पर्क गर्नुहोला। MSN Messenger मा जोड्न चाहनुहुन्छ भने sapanasansar@hotmail.com लाई आफ्नो MSN Contact List मा थप्नुहोला ।

तपाईको यो समय शुभ रहोस,
जदौं

कथा जीन्दगीको, पोस्तकको कलमJanuary 10, 2009 11:10 pm postak

मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। थप पढ्न, यहा क्लिक गर्नु होस!…

गीत संगीत, प्रभा को कलमJanuary 9, 2009 11:44 pm प्रभा आचार्य


आचार्य, प्रभा
अमेरिका

भेटिएर छुट्नुभन्दा नभेट्नु नै राम्रो
कर्कलाको शीत हुन्छ,लाको माया हाम्रो ।
माया भन्नु खेल होइन, दाउमा राखी खेल्ने
साँचो माया अमिट हुन्छ,सुख,दुख झेल्ने ।

तड्पिएर जिउनु भन्दा,नसम्झिनु नै राम्रो
रातमा फुल्ने फूल बन्छ लाको माया हाम्रो ।
प्रीत साट्नु ठट्टा होइन,क्षणभरमा भुल्ने
भावनामा बहेर मात्र ब्यर्थ किन जिउने ।

बसन्तको कलम, बिचार बिवेचनाJanuary 6, 2009 10:02 pm बसन्त अधिकारी

अधिकारी, बसन्त मोहन

खुकुरीमै विश्व हल्लाएर ख्याति कमाएका वीर गोरखाली नेपालीहरु आजकल कहाँ छन् – के गरिरहेकाछन् – नेपालमा छन् कि छैनन् – नेपाली आमाले आफ्ना सन्तानको उपस्थिती नदेखी परचक्रीहरुको उपस्थितीको आभाष पाएर बेला बेलामा आफ्नो स्वाभिमानी शिर झुकाईरहेकीछीन् ।

सीता, भृकुटी र बुद्ध जस्ता मानवहरुलाई यस धर्तीमा जन्म दिएर दया, माया, करुणा, कर्तब्यपरायण नैतिकवान शिक्षाले विश्व सामु बौद्धिकताको उच्चतम स्थानमा नेपालीहरुलाई आज सम्म सुसोभीत गरीरहेको छ । शान्तिको जन्म स्थलको रुपमा नेपाल चिर परिचीत छ । स्वाभिमानी, स्वाभिलम्वी र वीर संगै शान्तिगामी र बौद्धीक ब्यक्तित्वको रुपमा आम नेपालीहरु गरिव भए पनि विश्व सामु चिर परिचीतछन् ।

थप पढ्न, यहा क्लिक गर्नु होस!…

साथी को कलम, गुनासो 12:06 am सुरेश तिवारी

सुरेश तिवारी
माझ्ठाना, कास्की

बास्तबमा हामी नेपाली जाति ले अझसम्म नै गर्व साथ भन्ने गरेको कुरानै स्वतन्त्रता हो। हाम्रो नेपालमा आजसम्म कुनै पनि बिदेशी मुलुकले उसको झन्डा गाड्न सकेको छैन, यो इतिहासनै बोल्छ। तर पनि हामीहरु कति स्वतन्त्र छौ त? के हामी त्यहि इतिहास मा पढेजत्तिकै स्वतन्त्र छौ र? हामि हाम्रो सस्कार लाइ हेरौ हाम्रो पहिरन लाइ हेरौ, हाम्रो बोलिचालि लाइ हेरौ अनि सम्पुर्ण नेपाली आधुनिक जीवनसैली लाइ हेर्यौ भने, सहजै भन्न सकिन्छकि बास्तबमा हाम्रो स्वतन्त्रता त पहिलानै खोसिइसकिएको रहेछ, अनेक बहाना मा। दौरा सुरुवाल र चौबन्दि चोलि को स्वतन्त्रता कोट पाईन्ट र कुर्ता सुरुवाल अनि जिन्स पाइन्ट ले कहिले देखि सात्तो खाइसकेछ।

थप पढ्न, यहा क्लिक गर्नु होस!…

गुनासोJanuary 4, 2009 9:36 am सपनासंसार

“आज त झुरै भयो, राम प्रसादले, आफ्नो छोरा को पास्नी को पार्टी राखेको, न बिएर न विस्की, के पार्टी राखेको मुलाले, बेईज्जतै गर्यो आफ्नो!”, भर्खरै मात्र राम प्रसाद को छोरा को पास्नी को रात्री भोज बाट बाहिर निस्केका आमन्त्रित मित्र जन हरुबाट आएको आवाज हो यो । “पार्टी को बेईज्जतै गर्यो मुलाले” भन्दै केहि मित्र हरु आफ्नो त्यो साँझनै खेर गएको गुनासो गर्दै थिए, एक आपसमा । थप पढ्न, यहा क्लिक गर्नु होस!…

कथा जीन्दगीको, प्रभा को कलमJanuary 3, 2009 6:50 am प्रभा आचार्य


आचार्य, प्रभा
अमेरिका

उस्को नाम सुनिता हो। म अझै पनि उस्को सोझो र मायालु मुहार सम्झिरहन्छु। ऊ मसँग ट्युसन पढ्न आउथी। पढ्नमा तेज,अक्षरपनी राम्रा,अबोला स्वभावकी। अरु केटाकेटी झै चन्चल र बदमाश स्वभावकी पनि होइन।पढ्न आउँदा पनि सबैभन्दा अगाडि आइपुग्ने बानी थियो उस्को। मेरो बिचार मा ऊ सर्वगुणसम्पन्न नै लाग्दथी।
मैले जुनसमयमा उस्लाई पडाउने गर्दथे ऊ त्यो समयमा यस्तै पाँच,सात बर्षकी थी।केजी वनमा पड्दथी। त्यो केटीको मुहार जहिल्यै उदास देखिन्थ्यो। मानौ मैले उसका मुहारमा हासोका छिटाहरु कहिल्यै देखिन। म सहजसँग अनुमान लगाउन सक्थे कि उस्को मुहार किन मलिन र उदास हुन्छ भनेर? एक त ऊ गरीब बाबु,आमाकी सन्तान थिइपेशाले उस्को बाबु धोबी थियो।घर,परिवेश, पेशा,अशिक्षा कारणले पनि कत्तिका छोरा छोरी सन्तानहरु तीक्ष्ण बुद्धी मेहेनती भएर पनि अघी बड्न असक्षम हुन्छन।त्यस्तै दुरावस्था थियो सुनिताको पनि।त्यस्तै भए पनि उस्का बाबु,आमाले उस्लाई बोर्डिङ स्कुल नै पडाइरहेका थिए।उस्ले भन्ने गर्दथी ‘’बोर्डिङ स्कुलका ड्रेसहरु धोएवापत म त्यही बोर्डिङ पड्छु’‘भनेर। थप पढ्न, यहा क्लिक गर्नु होस!…

कथा जीन्दगीको, कुसुमको कलम!January 2, 2009 5:33 am gyawali

कुसुम ज्ञवाली
पोष्ट वक्स नं २३३७२, काठमाण्डौ

सन्तेकामी पण्डित घनश्याम गुरुभन्दा कम धार्मिक थिएन । क-ख नपढे पनि अनुभवको विद्वान थियो ऊ । एकदिन सन्तेकामी पशुपतिनाथ भगवान्को दर्शन गर्न नेपालतिर हिँड्यो । बसपार्कबाट ओर्लदा खर्चको लागि ल्याएको पैसा चोरियो । भोको सन्तेलाई एक गिलाससम्म चिया खान दिने कोही भएन । पशुपतिनामा जसरी तसरी भोकले मरणासन्न बनेर भौंतारियो । न्तेकामी बाटामा सैयौँ भिखारीसँग माग्न बस्यो । दिनभरिमा एक रुपैयाँ पनि नपाएपछि उसलाई शंका लाग्यो – पशुपतिनाथ मन्दिरमा पनि देवता छैनन् कि कसो हो ?

थप पढ्न, यहा क्लिक गर्नु होस!…

शुभकामनाDecember 31, 2008 7:45 pm सपनासंसार

आकास भरि कालो बादल छ तर पनि नया बर्ष आएकैछ,
अझै सुनसान रातनै छ तर पनि कोईली ले गीत गाएकैछ
आखिर सयौं बाँचा खाएपनि गर्ने त केहि होईन कसैले
तैपनि यो नया “नया बर्षमा” मा एउटा झिनो आश लाएकैछ !

समय बित्न केहि समय नै लाग्दो रहेनछ । मिनेट, घण्टा, दिन, महिना, अनि बर्ष त एकै छिन मा जादो रहेछ नि । यो छोटो समय लाई सहि सदुपयोग गर्नुहोला। आफ्नो परिबार तथा मित्र हरुलाई यो नया बर्ष मा केहि समय दिनुहोला। ठुला लाई आदर र साना लाई माया दिन नछुटाउनु होला । तपाईको सहि पाईला हामी सबैको लागी मार्गदर्शक हुन सक्छ ।

नव बर्ष २००९ को उपलक्ष्यमा तपाईको सुख शान्ति र स्वास्थ्यको मंगलमय शुभकामना ।
~ सपनासंसार

कविता, शुभकामना, प्रभा को कलमDecember 30, 2008 5:42 pm प्रभा आचार्य


आचार्य, प्रभा
अमेरिका

बिक्षिप्त मनका धमिला सोचाइहरु पखाल्दै
नव पालुवारूपी पाइलाहरु अघी बढाउँ
बिगतका बिझाइहरुका खोटहरुलाई
नव बर्षको उत्साही मल्हमले
शितल गराउँ
अनिष्ट बिचार अनी रिस र द्वेशहरुलाई
हर्ष र खुशी अनी नव उमङका आँशुहरुले
बगाउने प्रयास गरौं

थप पढ्न, यहा क्लिक गर्नु होस!…

कथा जीन्दगीको, पोस्तकको कलमDecember 28, 2008 9:29 pm postak

पोस्तक श्रेष्ठ
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका

दुबै जनाको भेट कुनै अंतराष्ट्रिय लमी संस्थामा हुन्छ। अंग्रेजीमा भन्दा-ईन्टरनेशनल् म्यारिज ब्यूरो। दुबै जना बिदेशीसंग बिवाह गरी बिदेश जाने चक्करमा। आफ्नो जोडी जोसुकै होस् जस्तो सुकै होस्, सरोकार छैन तर बिदेशी पासपोर्टवाला हुन पर्यो। उनीहरुको रोजाइको देशको नाम् यहा प्राथकमिकता अनुसार् छ। अमेरीका, क्यानाडा, बेलायत, अष्ट्रेलिया, यूरोप्, जापान्, मलेशीया, दक्षिण कोरिया, सिंगापुर् आदि।

युवकको स्नातक सम्मको अध्ययन्। स्कूल सम्म अध्ययन् अति राम्रो तर त्यसपछि मध्यम। सायद आफै कमाउदै पढ्दै गर्न परेको र घरमा पनि हेर्न परेकोले होला।स्कूलका साथीहरु कोही छात्रब्रितीमा, कोही निजी खर्चमा बिदेश् पढ्न गए। कोही डाक्टर्, कोही प्राध्यापक्, कोही कम्प्यूटर इन्जीनियर-सबै उत्तै घरजम् बन्दोबस्त। उसले भने नेपालमा एउटा राम्रो जागीर पनि पाउन सकेन। आफ्नै गाँऊको स्कूलको शिक्षक् हुन गएको, क्याम्पस पढ्दा एउटा राजनैतीक आस्थामा लागेको कारणले गर्दा अर्को राजनैतीक आस्थावालाहरुले टिक्न खान दिएन, भलै उसलाई अहिले कुनै राजनीतिसंग चासो छैन। यतिकै घरमा आफ्नै खेतीपाती गरी बस्छु भन्दा पनि सुख पाएन। थप पढ्न, यहा क्लिक गर्नु होस!…

पाहुना को कलम, गजलDecember 27, 2008 5:36 pm सपनासंसार

कृष्णहरि पण्डित
तनहुँ

किन तिमी टर्न खोज्छ्यौ, कुरागर्दै जातहरु
देख्यौ कि त तिम्ले कतै, पैसाका ति खातहरु
मात्र मलाई तिम्रो आश, पाँउछुकि ति शासहरु
नभनिदेउ तिम्ले यि हुन, जवानिका मातहरु

थप पढ्न, यहा क्लिक गर्नु होस!…

मेरो कथा, कथा जीन्दगीकोDecember 26, 2008 6:48 pm सपनासंसार

पश्चाताप भाग-१ यहा क्लिक गरेर पढ्न सक्नु हुन्छ ।
पश्चाताप भाग-२ यहा क्लिक गरेर पढ्न सक्नु हुन्छ ।

त्यो रात मलाई याद छ , उ बोल्दै बोलेन तर मैले उ बाट धेरै कुरा सुनेँ । भनिन्छ नि, जव तपाई कोहि संग निकै आत्मीय हुनुहुन्छ , उ बोल्दा भन्दा नोबल्दा धेरै कुरा सुन्नुहुन्छ । म संग कुनै जादु को छढि भैदिएको भए, कति रमाईलो हुन्थ्यो होला, त्यो बेला । आखिर कसलाई पो छुट छ र यहा, आफ्नो कर्म बाट भाग्न । भनिन्छ नि जे लेखिएको हुन्छ , त्यहि नै भोगिन्छ , चाहे को सबै कुरा कहाँ पुरा हुन्छ र ? थप पढ्न, यहा क्लिक गर्नु होस!…

पाहुना को कलम, गजलDecember 25, 2008 6:28 pm सपनासंसार

बसन्त थापा“जीवन”
तनहुँ, हाल: अवुधावी, यु ए ई

नेपाल सारा देखाउँकी तिमीलाई।
आकाशको तारा देखाउँकी तिमीलाई।।

मेची हौकी तिमी महाकाली हौ।
झुटा ति नारा देखाउँकी तिमीलाई।।

बिकाश र प्रगती केहि छैन हेर।
भाँजा र तगारा देखाउँकी तिमीलाई।।

थप पढ्न, यहा क्लिक गर्नु होस!…

खुशी उमंग, शुभकामनाDecember 24, 2008 9:52 pm सपनासंसार


क्रिस्मस को आनन्द लिदै, जोडि कुकुर हरु (यो तस्वीर Quitting Hollywood नामक संस्था को अधिनमा छ)
हरेक बर्षको नोभेम्बर २५ तारीखका दिन क्रिस्चियन हरु आफ्नो महान चाँड क्रिस्मस धुमधामले मनाउछन । क्रिस्मस को दिन लाई जीसस् क्राईस्ट (यशु क्रिष्टको) को जन्म दिन पनि भन्निन्छ , यद्यपी यो अझै बिबाद मै छ । क्रिस्मसको पुर्वसन्ध्याँ मा क्रिस्चियन धर्मालम्वी हरु यशु क्रिष्टको प्राथना गर्दे रात्री भोजनमा सामेल हुन्छन् । घर तथा बगैचा मा रहेका रुखहरुमा झिलिमिलि बत्ति बालेर बाताबरण नै सुमधुर बनाईन्छ। एक अर्कामा उपहार साटासाट गर्ने चलन पनि छ, क्रिस्मस् मा। केटाकेटीहरु स्यान्टा क्लज संग उपहार माग्ने गर्छन् । उनी हरुमा स्यान्ट क्लजले जे माग्यो त्यहि पुर्याईदिने दैबि सक्ति भएको बिश्वाश गर्छन ।
देश तथा बिदेशमा बस्ने धेरै नेपाली हरु, यस्तो चाड बाट अछुतो बस्न पक्कै पनि सक्दैन , भलै यशुँ क्रिस्ट को प्राथना नगर्लान् तर पनि यो रमाईलो अनि उत्साहि बातावरणका पात्र अवस्य पनि बन्छन , यहि मौंकामा तपाईहरु सबैलाई क्रिस्मस् २००८ को मनोरम शुभकामना !

कविता, प्रभा को कलम 4:09 pm प्रभा आचार्य


आचार्य, प्रभा
अमेरिका

रोइरहेको आकाश झै भयो यो मन
न त …. खुशिमा फूल्न चाहेको छ
न त हाँसोमा भूल्न सकेको छ
केवल तड्पन छ,जलन छ
ह्रीदयभरी अट्टहास अनी चित्कार छ ,
खै!किन बैरागिएकोछ यो दिल ?

थप पढ्न, यहा क्लिक गर्नु होस!…

पाहुना को कलम, कविताDecember 23, 2008 5:46 am सपनासंसार


आचार्य कपिल,
मलेसिया

सुनसान रात भित्र लुकेको अँधेरीले
मनभित्रको तित्ततालाई मेटाउन
कोइलाको डिङगुरमा हिरा खोजेझै
मेरो मनमा हर्षको बहार खोजिरहेछ

नास्तिक र आस्तिक बीचको वर्ग संघर्ष झै
कहिल्यै नटुङ्गिने राजनितीक लडाइमा
निपुणता प्राप्त गर्ने होडबाजी भएजस्तै
बिचारका प्रलयहरु बहुमत बनाउन लागिरहेछन्

थप पढ्न, यहा क्लिक गर्नु होस!…

पाहुना को कलम, कविताDecember 22, 2008 4:39 am सपनासंसार

हस्त गौंतम

चोट गहिरिदै छ, घाउ झन बल्झीदै छ।
पाइला जति बढाउछु, उति अल्झिदै छ।
न त यहा डर हरायो, न त सान्ती छायो।
बन्धन मूक्त नहूने कस्तो यो दिन आयो।

न खूशी नै छ मन, न त स्वतन्त्र छ तन।
जती प्रतिक्षा गर्यो उती दूख पर्यो झन।
पिंडा थपिदै छन्, बेथा झन बल्झीदै छ।
पाइला जति बढाउछू, उति अल्झीदै छ।

थप पढ्न, यहा क्लिक गर्नु होस!…

कविता, कुसुमको कलम!December 19, 2008 4:46 am gyawali

कुसुम ज्ञवाली
पोष्ट वक्स नं २३३७२, काठमाण्डौ

हरेक विहान झिसमिसेमा
त्रासदीको तुवाँलो वीच थरथर काप्दै
मैले खवर कागत पल्टाउँछु
र खोज्छु आफ्नै नामका समवेदना सन्देशहरू

म वेदना हीनताको
समवेदनाका प्रायोजित शब्दहरूवीच
एक कप चियाको लागि
समवेदना विज्ञापनको कमिसन संझन्छु
र फेरि एकपल्ट मर्न व्यग्र हुन्छु

थप पढ्न, यहा क्लिक गर्नु होस!…

कविता, श्रद्दाञ्जली, प्रभा को कलमDecember 18, 2008 5:39 am प्रभा आचार्य


आचार्य, प्रभा
अमेरिका

(प्रवासमा अल्पायुमा नै देह त्याग गर्नुभएका शिवलाल आचार्य लाई समर्पित )

हे शिव!
तिमी कुन हत्तारमा थियौ
त्यसैले जिन्दगीको अन्तिम घडीलाई निम्त्यायौ
हावाको बेग झै रफ्तारमा
बहनु पर्ने के त्यस्तो बाध्यता थियो ?

तिमी मीठो अभिष्ट पालेर
बिदेसिएका थियौ शायद …
अमीट आकाङ्क्षा बोकेर
पर्देसिएका थियौ अवश्य ….
तर… कुन दैवको श्राप पर्‍यो
या तिम्रो जीवन लीलाको खेलको
समाप्ती त्यती नै थियो

थप पढ्न, यहा क्लिक गर्नु होस!…