सपना संसार !!!

Mero katha, खुसी उमंगJuly 5, 2008 8:16 am

जुलाई ४ भन्ने बित्तिकै अमेरिका मा बस्ने जनमानिस मा एउटै छुट्टै भावनात्मक सोचाई उर्लनु कुनै नौलो कुरा होइन तर मेरा लागि त केवल एउटा छुट्टी को दिन भन्न रुचाउछु म। जुलाई ४ मा अमेरिका भरिनै सार्बजनिक बिदा हुन्छ । र तपाइहरु लाई यो कुरा पनि अबगत गराउ कि , यदी जुलाइ ४ मा शनिबार वा आइतबार परेमा सोमबार सार्बजनिक बिदा दिइन्छ। अमेरिकी नागरिक हरु यो दिन एउटा ठुलो चाड वा महोत्सब को रुपमा मनाउछन । आज भन्दा करिब २३२ बर्ष अगाडि आजकै दिन अमेरिका ब्रिटिस साम्राज्यबाद बाट स्वतन्त्र भयको थियो र त्यहि दिन पारेर यहा स्वतंत्रता दिवस मनाइन्छ। एक समयमा संसार भर नै ब्रिटिस ले सासन संहालेको थियो बन्दा अतिउक्ति नहोला यहा । जे होस आज अमेरिकाको ह्यापि बर्थ दे हो, “ह्यापि बर्थ दे ! अमेरिका”। प्राय जसो अमेरिकी परिवार हरुले स्वतंत्रता दिवस बिभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाउछन। बिषेश गरि बिहान को परेड कार्यक्रममा ८०% भन्दा बढी अमेरिकी जनमानसको उपस्तिथिति हुन्छ, परेड मा निकै रमाइलो हुन्छ, बाजा गाजा अनि रातो निलो र सेतो रंग को अमेरिकि झन्डा फरफराउदै सडकमा परेड खेलिन्छ । परेड मा बिभिन्न ब्यवसाय तथा क्षेत्रका मानिस हरु ले भाग लिन्छन । दिउसो बिभिन्न भोज भतेर र मित्र तथा पारिबारिक जमघत र खानपिन मा समय बिताउछन मानिस हरु यो दिनमा । साझमा दिपावली तथ पटका पढ्काउने कार्यक्रम(फाएर वोर्क्स) हुन्छ । यि त भए आम अमेरिकि नागरिकको दिन बिताई, जुलाई ४ को लागि।

हामि पनि अमेरिकामानै बसोबास गरेको र केहि नेपाली हरु त नागरिकता नै परिबर्तन गरेर अमेरिकी भएको अनि केहि नेपाली हरु नागरिकता परिबर्तन गर्ने धुन मा लागेको यो परिबेषमा, यहा का नेपाली समुदाय कसरी जुलाई ४ को कार्यक्रम बाट अछुतो रहन सक्छन र ? भलै अमेरिकी झन्डा नफर्फराय पनि खानपिन र फाएर वोर्कस मा प्राय जसो सबै नेपाली हरु ले सहभागित जनाउछन भन्न म पछि पर्दिन । आयोजक किरण थापा ज्यु को बिहिबार (जुलाई ३) मोबाईल फुन बाट आयको निमन्त्रणा लाई सहर्ष स्विकार्दै लम्किन्छौ हामि उहा द्बारा समन्वय गरियको कार्यक्रम मा । किरण गुरु मेरै कार्यलयमा वरिष्ठ सफ्टवेर ईन्जिनियरको कार्यभार संहाली राख्नु भयको छ । उच्च कुशल ईलम छ उहाको ! म संग मेरा एक अर्का भद्र पुरुष मित्र, तिर्थ राज पोखरेल ज्यु पनि हुनुहुन्थ्यो , उहा मेरो घरमा बिहिबार नै सानो कार्यक्रम को लागि पाल्नु भयको थियो। हाम्रो भागमा परेको कोइला, कोक , र खर्बुजा ,रेम्बो खाद्य भन्डार मा किनेर गाडि लाई ७५ माईल प्रति घन्टा को गतिमा राजमार्ग ३५ मा हुइक्याउछु म। किरण गुरु को फुन बाट प्राप्त सुझाव अनुसार म पुग्छु मेरो गन्तब्यमा । झुकिन्छौ हामि, मेक्सिकन अपरिचित मित्र हरु लाइ नेपाली हुन कि भनेर । मेक्सिकन हरु हेर्दा मा नेपाली जस्तै हुन्छन, गहु गोरो बर्ण का हुन्छन प्राय उनी हरु। मलाई याद छ धेरै चोटि मलाई मेक्सिकन संझेर केहि मेक्सिकन मानिस हरु ले स्पेनिस भाषामा(मेक्सिको को राष्ट्रिय भाषा) कुरा गरेका छन। केहि छिन को प्रयास पछि पत्ता लगाउछौ हामि, हाम्रो त्यो भेला हुने चौर ।
Friends
माफ गर्नु होला अग्रज मित्र हरु, दाजु भाउजु हरु , मैले पटक्कै तपाई हरु सबै को शुभ नाम संझन सकिन। मलाई १० – १५ जना नाम एकै चोटि संझन र टेलीफोन नंबर संझिन गार्हो पर्छ, यस माने मा कि यी संझने कुरा हरु होइनन , यी त आफै अगालिने कुरा हरु हुन, कसैले पहिलो भेटमा नै अंगाल्छ त कसैले केहि निरन्तर भेटमा। मैले तपाई हरु को साथ अंगाले आज, नाम फेरि कुनै दिन अंगाल्ने छु ।
अब यी सबै गन्थन गरे पछि, मुल कुरो मा पसौ न त। खास कुरा के भने , जुलाई ४ को मौका पारेर किरण गुरु भव्य भेटघाट तथा खानपिन को कार्यक्रम आयोजना गर्नु भयको थियो, त्यहा सहभागिता को लागि धेरै अग्रज मित्र हरु , उहा का परिवार जन हरु बच्चा वच्ची हरु , र केहि अग्रज मित्रका बाबा आमा पनि पाल्नु भयको थियो , लाग्थ्यो यो कुनै गाउघरको सानो तिनो मेला भन्दा कम थिएन । कार्यक्रम मा खानपिन र खेलकुद ले प्रार्थमिकता पायको थियो, तर मेरा लागि नया नया परिचय कम थियन । मैले करिब १५-२० जना नौला अनुहार हरु संग परिचय गरेको थिय आज, धन्यबाद किरंण गुरु यो मौका जुराईदिनु भएको मा । कार्यक्रम मा प्राय जसो सबै परिबारले केहि न केही खाने कुरा हरु ल्याउनु भयको थियो। आहा त्यो आलु को अचार, त्यो कुखुरा को मासु, त्यो पकौडा , लाग्थ्यो हामि कुनै बैबाहिक समारोहमा आफ्नो उपस्थिति जनाईरहेका छौ, केबल कमि थियो त बर- बधुको ।तर पनि त्यहा पाल्नु भयका दाजु भाउजु हरु कुनै नब बर-बधु भन्दा कम हुनुहुन्नथ्यो ।
बाबु
हा्म्रो कार्यक्रम सुरु हुन्छ पेटभरको खाजापान पछि , घर बाट नै पकायर ल्याएका ति स्बादीला ब्यन्जन हरु संझदा अहिले पनि मुख रसाउछ , भाग्यमानि संझन्छु आफुलाई यहा परदेस मा बसेर पनि नेपाली स्बाद अगाल्न पाउदा । धन्यबाद तपाई हरु लाई, जसले यो मौका प्रदान गर्नु भयो । मलाई संझना छ त्यहा केहि मित्र हरु ले बियर मासु र चिउरा को छुट्टै आनन्द लिनुभएको थियो । त्येस पछि सुरु हुन्छ हाम्रो भलिभल खेल्ने कार्यक्रम, बालुबाको भलिबल चौर हुन्छ यहा, एउटा समुन्द्रिक टट को भान दिन्छ यसले । खेलमा प्रर्योग भएका बाक्य हरु सार्है मिठा लाग्यो मलाई, केहि बाक्य हरु सापट लिन्छु म यहा “ सर्विस चाहि कटाउन पर्छ है ! ”, “थप मान्छे चाहियो, पठाउ?”( यो प्राय जसो अग्रता लियको टिम को बाक्य हुने गरेको थियो), “विक लिङ्क भेटियो” आदि आदि।

हाम्रो खेलसंगै बारबिक्यु को पनि कार्यक्रम थियो, मैले पहिला कोइला किन्दा ज्बलन पदार्थ, जस्तै मट्टीतेल, नहालिकननै बल्ने कोईला किनेको थिए, आज पनि त्यहि संझेर मैले केवल कोईला मात्र किनेछु, पछि किरण गुरुलाई ढौडाउनु पर्यो, ज्वलन पदार्थ लिनको लागि। कोईला बाले पछि नुन मसाला मा भिजाएको कुखुराका मासु का ठुला ठुला चोक्टा हामि पोल्न राख्छौ र फेरी भलीबल को कार्यक्रमलाई निरन्तरता नै दिन्छौ । केहि मित्र हरु ले कोक, केहि ले चुरोट र केहिले क्यान बियर को चुस्कि मारेको देख्छु म। हामि खेलमा फरकेपछि केहि महिला मित्र हरु ले मासु पोल्न सघाउनु भयको थियो । (तर पनि बिच बिच मा उहा हरुले, “मासु ढड्यो! मासु ढड्यो !! हामि त हेर्दैनम, आउनु पर्यो” भनेर चिच्याई रहनु भयको थियो) । तर पनि हामिले खेल लाई जारि नै राख्यो । फेरि खेल मा कोहि ठाकेर त कोहि हारेर यकछिन बिश्राम लिन्छौ हामी। बिश्राम को बेला मा कोहि बियर कोहि चुरोट, कोहि पानि, कोहि पोले को मासु खान तिर लाग्छन । त्यहा बजेका गीत हरु मलाई त सार्है मिठा लाग्यो, धन्यबाद आयोजकलाई जसले यो म्युजिक सिस्टम को ब्यबस्था गर्नु भयो । मैले आज भन्दा करिब १५-२० बर्ष अगाडि रेडियो नेपाल बाट सुनेको यो गित “किन रोयौं दमिनी भाउजु, दमैदाई ले कुटेर ट्याङ्को फुटेर” सार्है मिठो लाग्यो।

Thapa Dai

म आफ्नो बिश्रामको त्यो मौका लाई त्यहा पाल्नु भयका २-४ जान भाई बहिनी संग ब्याटम्यान्टिन खेल्न उपयोग गर्छु । फरर्र अंङ्गरेजी बोल्दा रहेछन , म त झुक्किए नेपालि नै होइनन कि बनेर, पछि राम्रै नेपालि बोले पछि मात्रै यी भाई बहिनि हरु हाम्रै भाई भहिनी हुन भन्ने थाह पाए । हामि देश छोडेर जति टाडा भयपनि आफ्नो भाषा र आफ्नो संस्कृती लाई छोढ्नु हुन्न जस्तो लाग्छ मलाई। मलाई खुसि लाग्यो तिनिहरु जति राम्रो अंङ्गरेजी बोल्दा रहेछन त्यति नै राम्रो नेपाली पनि, लेखन त थाह भयन है मलाई त। पछी फेरि एउटा फाईनल भलिबल खेल खेलेर हामिले खेलाई लाई बिट मार्छौ हामी।
खेल पछि फेरि खान पिनको कार्यक्रम सुरु हुन्छ। मैले त एउटा कुखुराको पोलेको साप्रो समातेर लुछ्न थाल्छु साथ साथे खर्बुझाको पनि आनन्द लिन्छु।

करिब बेलुकि को १० बज्न लागेको हुदो हो, सबै सामान हरु पोको पारेर आ-आफ्नो गाडिमा हाल्छौ हामि र हानिन्छौ फायर वर्कस हेर्न को लागि, एपल भ्याली को खुला मैदान मा। गाडि लाई एउटा पैदल हिड्ने बाटोमा उकालेर पार्क गर्छु म। मेरो साथमा तिर्थ गुरु हुनुहुन्थ्यो त्यो समयमा।


अनि करिब आदि घन्टा को पटका पडकाई र त्यो झिलिमिलि हेरेर म घर फर्कन्छु। ब्लग लेख्न मन लागेको कुरा पस्कन्छु तिर्थ र किरण गुरु लाई , अनि हौसाउछन उनि हरु , अनि म लेख्न बस्छु । अहिले राति को १ बजि सकेको छ । धेरै थाकेको ले ब्लग भोलि प्रकासन गर्ने सोचराख्दै म अब सुत्न जान्छु, फेरी एउटा नया सुनौलो बिहानि को लागि ।

पढिदिनु भएको मा मुरि मुरि धन्यबाद ।

जदौ

कथा जीन्दगीकोJune 24, 2008 12:56 am

क्रिसमसको ठिक अगिल्लो दिन, मलाई याद छ म त्यो दिन बजार गएको थिए, सामान्य किनमेल को लागी । क्रिसमसको को उपहार खरिद गर्न को लागि त्यहा ठुलै भिड थियो। म पनि मलाई चाहिने सामान हरु हेर्दै थिए , तर त्यो भिड देखेर मलाई कता कता रिस उठिराखेको थियो । यहा किनमेल सकेर मेरो अरु पनि १-२ ठाउमा जानु पर्ने थियो । कहिले काहि त यस्तो लाग्थो यो चाडवाड किन आउछ भनेर ! जता ततै भिडै भिड अनि पैसा को खर्च मात्र । म त्यहा पसल भित्र को खेलौंना सेक्सन मा पुग्छु ।अनि मन मनै गुन गुनाउछु , म पनि अहिले बच्चा भयर ति सबै खेलौंना खेल्न पाए कति रमाईलो हुन्थो होला । कति सुन्दर अनि हेर्दै प्राक्रितिक लाग्ने ती खेलौंना हरु म पनि केहि बेर टोलायर हेरिरहन्छु । यत्ति कै मा म केहि पर बाट एउटा नाबोद बालक, करिब ५-६ बर्ष को हुदो हो, रोइरहेको देख्छु म , उ आफ्नो हजुरामा संग खेलौंना खरिद गर्न त्यहा आएको रहेछ । मलाइ याद छ त्यति खेर त्यो बालकले यउटा सुन्दर परी जस्तै लाग्ने खेलौंना अंगालेर रोईराखेको थियो र आफ्नो हजुरआमा संग त्यो किनिदिन सक्दो बिन्ति चडाउदै थियो तर उता उसकि हजुरआमा त्यो खेलौंना महङ्गो भयको र आफु त्यति धनि नभयको ले किन्न इन्कार गरिरहेकी देखिन्थिन र बरु उनले आफुले त्यो बालकलाई केहि किन्न भन्दा पनि गुडिया हरु देखाउन ल्याएको र पछि धनि भयपछि किनिदेने बिचार गरेको कुरा बालकलाई स्पस्ट पारिदिन्छिन तर बिचरा त्यो अबोद बालक लाई के थाह , धन के हो भनेर !

यत्तिकैमा म त्यहि बालक रहेको छेवैमा पुग्छु र सोध्छु उसलाइ, बाबु तिमि यो खेलौंना कसलाई उपहार दिन लागेको हो ? बच्चा रुन्चे स्वर मा भन्छ “यो गुड़िया मेरी बहिनी लाई सबै भन्दा मन पर्ने गुडिया हो , र उसले यो क्रिसमसको सेन्टा क्लज त्यो गुडिया लाइदिनुहुन्छ भनेर केवल एउटा मात्र प्राथना राखेकि थिई ।“ अनि मैले उसलाई सहज रुपमा संझाउन खोज्छु, “ ठिकै छ नि त बाबु , आखिर सेन्टा क्लजले तिम्रो बहिनी लाई यो खेलौंना भोली घरमा नै ल्याएर दिन्छ।” अनि उसले मलाई रुन्चे बोलिमा एकदम निन्याउरो अनुहार पार्दै भन्छ: ” अंह , सेन्टा क्लजले यो खेलौंना मेरी बहिनी दिनै सक्दैन , यो खेलौंना त मैले मेरी आमालाई दिन्छु अनि मेरी आमाले मात्र मेरी बहिनीलाई दिन सक्छिन।”
म उसको आखामा हेरिरहन्छु, म संग सोध्न को लागि प्रस्न नै अपुरो छ जस्तो लाग्छ मलाई । उ फेरी थप्छ “ मेरी बहिनी भगवान को मा गएकी छ र मलाइ मेरो ड्याडिले भन्नु भयको , मेरी आमा पनि छिट्टै भगवान को मा जादैहुन्छ रे र म त्यहि मौंका पारेर म मेरी आमालाई यो गुडिया मेरी बहिनी लाई लगिदिन आग्रह गर्दुछु ।” मेरो मुटु मा भक्कानो छुटिसकेको थियो, त्यति खेर, म नाजबाफ थिए त्यस बेला । उ फेरी सुकसुके स्वरमा थप्छ “ मैले मेरो ड्याडि लाई, ममिलाइ म गुडिया लिएर नआइन्झेल सम्म भगवानको मा जान नदिनु भनेको छु”

अस्तु !!

समाचारJune 21, 2008 4:07 am

अमेरिका को म्यासाचुसेट्स ग्लॉस्टर माध्यमिक विध्यालयमा(Massachusetts Gloucester High School) अध्यनरत केहि किशोरी हरु ले एउटा बिषेश समुह गठन गरेको रहस्य खुला भयको छ ।यो समुह ५० बन्दा बदी किशोरी हरु मिलेर गठन गरेका थिय । यो समुह मा रहेका किशोरी हरु ले एउटा गोप्य सम्झौता गरेका थिय । हाल यो सम्झौता बमोजिम १७ किशोरी हरु गर्भावस्थामा छन र यहि जुलाई महिना मा डेलिभरी गर्दै छन। समुदायका केहि लक्का जवान परुष र केहि आफ्नै बिध्यालय का सहकर्मी पुरुष मित्र बाट उनी हरु गर्बवती भयका थिय । निम्न किशोरी हरुले करीव ८ महिना पहिल एउटा संझौता गरेका थिय। संझौता बमोजिम सबै किशोरी हरु सामुहिक गर्बवती हुने र बच्चा बच्ची हरु मिलेर एकै चोटि हुर्काउने निर्णय गरेका थिय। म्यासाचुसेट्सका स्वास्थ्य अधिकारि अनुसार करिब ६-७ महिना अगाडि सयौं किशोरी हरु गर्भावस्था को परीक्षणका लागि आएका थिय , र सबै जसो किशोरी आफु गर्बवती नरहेको थाह पाए पछि निरास मुद्रा मा फर्कने गरेका थिय। र लाग्छ उनिहरु आफु गर्बवती हुन का लागि सक्दो प्रयास गरेका थिए ।

तपाई हरु लाई यो कुरा अवगत गराउ कि यि सबै जसो किशोरी हरु १६ बर्ष मुनि का छन र म्यासाचुसेट्स
राज्य मा १६ बर्ष मुनिका माथि गरिने यौन सम्पर्क अवैधानिक मानिन्छ । मलाइ अहिले ति पुरुस महाजन देखेर चिन्ता लागि रहेको छ , हुन त तिनिहरु को मात्र पनि त दोष होइन नि, तर के गर्नु, बिचरा जोस मा होस गुमायका यवा हरु। मलाई लाग्छ यसले त गंभीर संकट पो निम्त्याउछ की ।

म्यासाचुसेट्सका अधिकारिहरु अनुसार यो बर्ष १७ बर्ष मुनि का गर्ववती हुने किशोरी हरु को शंख्या ४ गुना ले बढेको छ। अमेरीका ले बिभिन्न बिकासोन्मुख देश हरुम कम उमेरका किशोरी हरु मा हुने यौन संपर्कले ले गर्दा हुने सम्स्या हरुमा बिभिन्न प्रोजेक्ट हरु सन्चालन गरिरहेको छ , अब बिभिन्न बिकासोन्मुख देशहरुले पनि अमेरिकी सहयोग को सौगात स्वरुप अमेरिकी किशोरी हरुलाई यौंन शिक्षा दिने कार्यक्रम संचालन गर्ने हो कि ?

लेख पढिदिनु भयको मा धन्यबाद !!

जदौं ।।

साथी को कलमJune 6, 2008 11:50 pm

आफ्नो पप भन्दा पनि आधुनिक गीत संगीत प्रति बढि चाहना हुदा हुदै पनि केहि मित्र जन को अनुरोधमा “मैले रोयर बिदा मागे पनि” भन्ने गीत यहा राखेको छु । निम्न गीत राजीव पर्वत को भिजन गीति संग्रह २००५ मा पाउन सकिन्छ । तपाइ पनि आफ्नो मन मुटुमा छायको कुनै
गीत संगीत भयमा मलाई जानकारी गराइदिनुभयमा कृतकृत्य हुने थिए । अहिले को लागि यो गीत प्रस्तुत गरेको छु । गीत सुनिसकेपछी आफ्नो टिका टिप्पणी तल को कमेन्ट बाकस मा लेखिदिनु भयमा आभारी हुने थिए ।

खुसी उमंग 1:52 am

निम्न हरफ हरु मेरा एक मित्रको बिदाइ को सन्दर्ब मा कोरियको हो । यो बिदाइ उन को नया ईलमको (job) लागि हो। उनले करिब ३ बर्ष मेरै कार्यलयमा तर भिन्नै बिभागमा सफ्टवेर ईन्जिनियर को कार्यभार संहालेका थिय । केहि मित्र हरुको सुझाबमा यी हरफ हरुलाई यहा प्रस्तुत गरेको छु ।

छुट्नु छुटाउनु त प्रकृतिको नियम नै मान्छु म,
कोही रुन्छन, त्यो बिछोड मा, तर पनि हास्छु म ।।
एउटा बिजयी, नबिनतम कदम चल्दै छ यहाँ
छुनेछ आकाश, जित्ने छ युद्ध, जान्छ उ जहाँ जहाँ ।।।।

मित्र राकेश तिमीलाइ तिम्रो सफल भविश्यको शुभकामना अनि बधाई।।

साथी को कलमJune 5, 2008 12:02 am

आज मैले यहा मेरा एक मित्र को रोजाइ मा रहेको एक गीत प्रस्तुत गरेको छु। मलाई लाग्छ तपाइलाइ पनि यो गीत ले केहि अनुभुति दिलाउछ ।


धन्यबाद ।

Mero kathaJune 4, 2008 11:26 pm

भद्र महिला तथा सज्जन वृन्दहरु,

        बिषेश गरी केहि साथिहरुको गोपनियता लाई ध्यान दिदै मैले लेखेर पनि, "मैले मेमोरियल सप्ताहान्त मा के गरे (भाग २ र भाग ३)" प्रकाशन गर्न असमर्थ छु ।  यहा प्रकाशन गर्न नसके पनि ति दिन हरु हामिलाई एउटा सदाबहार याद बनेर सधै ढकढक्याउने छन । आशा छ, त्यस्ता साझ बिहानि हरु सधै अंगाल्न पाऊ । 

ब्लग मा पसिदिनु भयको मा धेरै धरै धन्यबाद !! 

Mero kathaMay 30, 2008 3:28 am

२००८ को मेमोरियल सप्ताहान्त अग्रज मित्र डिपि (उर्फ दीपेन्द्र, मानौंकि उ कुनै यउटा राज कुमार हो) को साथमा बिताए। २ दिन सम्म त मेरो ठेगान भनेकै डिपि को छाया भयको थियो, मानौंकी कि उसको छायामा एउटा आत्मिय भाव थियो । म आफैलाई थाह छैन त्यो २ दिन कसरि २ पलमै बित्यो । नया नया साथी हरु , नया नया अनुभव हरु, अनि नया नया भोगाइ हरु शायद एउटा याद बनेर बस्ने छ मेरो लागि त्यो मेमोरियल सप्ताहान्त ।

शनिबार बिहान डिपि को फोन कल बाट सुरु हुन्छ मेरो भोगाइ, हो त्यो निम्तो केबल भलिबल को लागि मात्र थियो, केबल तेहि यउटा सानो तालको छेउमा रहेको भलिबल चौर जहा स्थापित भैसकेका नेपाली हरुको जमघट कार्यक्रम थियो, मलाइ तेति खेर के थाह त्यो सप्तहान्त भलिबलमा मात्रै सिमित हुदैंन भनेर। हतार हतार मेरो भान्जि हरु संगको भोवाइस च्याट बन्द गरेर लम्कन्छु, त्यो शनिबार बिहानि। २२ माइल को कार हकाइ पछि पुग्छु त्यो गन्तब्यमा, अनि भेट्छु नया साथि मिठारामलाई, जो एउटा मनोरम जिन्दगीको भोगाइ गरिरहेको हुन्छ । सायद तेहि भोगाइले होला उ हामी संग भलिबल खेल्न जानलाई अस्विकार गर्छ र आफ्नै स्पनरुपि संसार नै चुम्न मा व्यस्त हुन्छ ।  म, रन्जित र निर लाई लिएर अब हाम्रा मित्र दिपेन्द्र गाडी लाई हुइक्याउंछन, मैले मेरो गाडी लाइ त्यही दिपेन्द्र को पार्किङ्ग लटमा नै मिल्काएको थिए, त्यसबेला। करिब १० मिनेट पछि हामी भलिबल कोर्ट मा पुग्छौं र त्यो बालुबै बालुबा को चौर जहा पहिलेनै करिब ८-१० जना को संख्या मा रहेका नेपाल दाजुभाइ हरु संग मिसिन्छौं । हात त लग भग सबै सग मिलाइयो तर नाम भने सम्झन गार्हो भयो मलाई । करिब ७ खेल पछि त्यहि हुनु भएको एउटा दाइको कुखुरा को मासु को सेकुवा खाने निम्तोलाई पछि पार्दै फेरि डिपि को घरमा नै फर्कन्छौ । त्यो भलिबल खेल मलाइ सार्है रमाइलो लाग्यो , कतिऔ पटक त सर्भिस गरेकै भरमा गोडा ५- ७ अंक आउने, लाग्दथ्यो कि हामि भलिभल खेल भन्दा पनि यउटा नाटकिय अभिनय को रमाइलो लिइराखेकेका थियैं र हरेक स्वयं पात्र र दर्शक थियौ । दिपि को घरमा आयपछि म्यारिज खेल्ने र कुखुराको सेकुवा अनि मकै पोलेर खाने कार्यक्रम को योजना भयो, अब पर्यो फर्साद , म त केबल भलिबल खेल्न गयको मान्छे , के डिपि र उसका मित्र लाइ मेरो थप उपस्थितिले सहज बनाउला त? जे त होला होला डिपिले के एक बचन बस्  के भनेको थियो , मैले उसले पुरा गर्न नपाउदै सहमति जनाइसकेको थिय। नजिकैको टि सि एफ बेङ्क बाट ४० डलर नगद लियर तास खेल्न बस्छु । तेहा दिबाकर, उर्फ सानो सरकार , निर उर्फ पोखरेलि कान्छो, र उसकि पोखरेलि कान्छि, मिठा र उसको नगद पियारि,उर्फ पाण प्यारि र मेगन , र रन्जित को पनि उपस्थिति थियो।  मलाइ कसैले तेरो सबैभन्दा मन पर्ने  स्त्रिलिन्गि नाम के हो भनेर कसैले सोध्यो भने मेरो जबाफ हुनेछ, मेघन र दिक्क्ष्या , तर नामके पिछे क्या हे भनेझै , मैले मेगन नाम अनुसार को पाइन अर्थात भनौ मेगन, मेगन जस्तो पाइन । तर पनि उसको तो कोमलपन र लज्जा सर्हानिय छ। हामिले म्यारिज र फरास भन्ने खेल खेल्यौ  र केहि साथिहरुले त पिउदै मज्जा लिन थाले, हो पिउदै खेल्ना को मज्जा नै अर्के हुन्छ रे, म पनि के कम रक्सि खाने  गिलास मा कडा कोक राखेर पिइदिए। मलाइ कोक र दालमोट को त्यो खबाइ कुनै राजकिय ह्विस्कि भन्दा कम थियन । हुन त ह्स्कि को मज्जा म कोक को सोजो लाइ के थाह । करिब ३ घन्टा पछि खेल रोकेर हामि सेकुबा बनाउन थाल्यौ , मैले करिब २३ डलर जितिसकेको थिय। तेसपछि साथिहरुले आगोबाल्दै गर्दा मैले त्यो जितेको पैसाले साथिहरु लाइ २४ बोटल बाला कोरोना बियर को डिब्बा नाइ  किनेदिए । बडा मज्जा आयो खाइयो र कति जना ले पियर पनि मज्जा लिय भने मैले पियको हेरेर मज्जा लिय । एक जना साथिको दुखेसो सुन्ने मौका पनि पाय । उसको त्यो पिडा उसलाइ मात्र थाह छ , जब ५१% तलब , सबै बोनस र फिर्ता आयको कर सबै, बिना फ्वासैमा कोहि दोस्रो मान्छे लाइ तिर्नु पर्दा । उसले दियका सुझाब मेरा लागि मार्ग दर्शक हुन सक्छन । यहा कति जनाको बिचल्लि भयको को छ अन्जानैमा, तर पनि उसको साहसला म सलामि गर्नै पर्छ । कति कुरा हरु सार्है ब्यक्तिगत भयकाले मैले यहा लेख्न चाहेर पनि सकिराहेको छैन । हाम्रो त्यो खान पिनि पछि सबैजना फेरि तासको खालमा लाग्यों । मलाइ याद छ त्यो सेकुबा नेपालिले भन्दा तेहा उपस्थित ३ जना बिदेसि ले मन परायका थिय।   भेलुकि को खेलमा कोहि साथिहरु आफ्ना अर्धाङ्गिनि साथैमा लियर खेल्न आयका थिय, र अचम्म भनौ या के भनौ अर्धाङ्गिनि ल्याउने सबै साथि हरुले जितेर गय । मैले करिब ४५ डलर हारे, त्यो साझ।  यस बेला सनिबार राति को २-३ बजि सकेको थियो, सार्है थाकेकाले र पैसा पनि हारेकाले , तास खेल रोक्ने प्रस्ताब लाइ मैले स्विक्रिति जनाए। र सबै जना बिदाबादि गर्न थाले , म भने सोफामा सुत्ने भय, तेहि डिपि को अपार्टमेन्टमा । मलाइ याद छ , मेरो अर्को साथि , भाशु रिसालको अनुशार, बिहे गर्नु र बिहे नगर्नु को भिन्नता भने को खाटमा सुत्नु र सोफामा सुत्नु हो रे, बेग्लै बेग्लै आनन्द रे। मेरो सोजो बुझाइ अनुसार म त शोफामै मज्जा ले निदाय,फेरि भोलि को नया उमंग को लागि।  

                                                                                                                          क्रमश…….

आजको लागि जदौ !

Mero kathaMay 29, 2008 9:04 pm

मेरो आज काम सुरु भयको ठीक तीन महिना १० दिन बितीसकेको छ। म हाल ThomsonReuters ( थोम्सोन रोयटेर्स), भन्ने बहुराष्ट्रयिए कम्पनी मा काम गरीरहेको छु। मेरो पद सफ्टवेर ईन्जिनियर हो । अमेरिका को सेन्ट क्लाउड स्टेट युनिभर्सिटी बाट कंप्यूटर विज्ञान मा  मास्टर डिग्री हासिल गरेपछी मैले यो कम्पनी मा काम सुरु गरेको हुँ । यो भन्दा अगाडि मैले अमेरिका कै अर्को कम्पनी, नुक्लेअर म्यानेजमेन्ट कम्पनी, एक्सल एनर्जी  ( Nuclear Management Company, Xcel Energy ) मा ईन्जिनियरिङ इन्टर्न भयर काम गरेको थिए ।  नुक्लेअर म्यानेजमेन्त कम्पनी को काम भनेको यूरेनियम प्रसोदन गरेर बिजुली उत्पादन गर्ने हो भने अहिले काम गरी राखेको कम्पनी थोम्सोन रोयटेर्स ले बिशेष गरी ६ क्षेत्र मा हात हालेको देखिन्छ । ति हुन अर्थ, श्वास्थ ,कानूनी, विज्ञान प्रबिधी , सुचना प्रबिधी र कर र लेखा । रोयटेर्स न्युज एजेन्सी सुचना संझाल को क्षेत्र मा प्रसिद्ध नै मानिन्छ । थोम्सोन रोयटेर्स को मिडिया क्षेत्र को यो लगानी लाई उत्कृष्ट नै मान्न सकिन्छ । यसै गरी कानुनका  विश्व प्रसिद्ध पुस्तक हरु सम्पादन गर्नु र छपाइ गर्नु पनि यश्को आर्को काम हो । एसै गरी अर्थ, श्वास्थ ,कानूनी, विज्ञान प्रबिधी , सुचना प्रबिधी र कर र लेखामा  विभिन्न सफ्टवेर  निर्माण पनि यस कम्पनी को कार्य मा पर्दछ । सफ्टवेर का ग्राहक हरु मा ल फोरुमहरु , सरकारी कर कार्यालय हरु, हस्पिटल र नुर्सिङ होम हरु , वकिल र कानून का छात्रहरु , सरकारी अड्डा अदालत हरु,बिश्व-विद्यालयहरु , सुचना संचार केन्द्र हरु आदी पर्छन । यो कंपनीका  शाखा कार्यालय हरु करीब ३० मुलुक मा फैलियका छन र ५०,००० भन्दा  बडी स्थायी कर्मचारी हरु छन । मेरो काम गर्ने इगन शाखामा मात्र ५०००+ स्थायी र करीब ३०००+ अस्थायी कर्मचारी छन । म यहाँ को स्थायी कर्मचारी हुँ । मेरो काम भनेको नयाँ सफ्टवेयर प्रबिधी को प्रयोग गरेर सफ्टवेर निर्माण गर्ने हो । मैले प्रयोग गर्ने प्रबिधी हरु मा जाभा जे टु इ इ , ग्रूवी ग्रैल र ओरेकल  बडी  प्रयोग हुन्छन ।
मेरो बसाइ मेरो अफिस भन्दा ३ माहिल (लग्भग ५ किमी) टाढा पर्छ । बिहान ७ बजे उठछु, ४५ मिनेट   जस्तो तयार     हुन लाग्छ र ८ बजे काममा पुग्छु । यहाँ को नियम बिहान ७  देखी  ९ बजे सम्ममा आयमा हुन्छ र तेस पछी ८ घण्टा काम गर्नु पर्छ। आदी घण्टा भोजन को लागि छुट्टै छुट्याउन पर्छ । तेसैले आयको साडे ८ घण्टा पछी मात्र घर फर्कन पाहिन्छ। दिन भरी कम्प्युटरमा  प्रोग्राम लेखेर समय बित्छ। नेपाल र बिदेशका समाचार पनि मेरा लागि आकर्शनका  बिषय हुन। 
दिन भरी को काम को थकान बोकेर फेरी आफ्नो अपार्टमेन्ट ( भाडामा लियको कोठा ) मा फर्किन्छु र उही आफ्नो मित्बयी साथी कम्प्युटर  अङगालेर  कहिले बुवा आमा सँग त कहिले साथी हरु सँग च्याट मा बिताउछु  त कहिले मनोरन्जन का बिभिन्न  साइट हरु हेरेर समय बिताउछु । म दैनिक १ घण्टा जस्तो तन्दुरुश्ती को लागि छुट्याउछु, जसमा नियमित शारीरिक ब्यायम हरु पर्छन । बेलुका को खाना हामी हरु ले प्राय जसो घरमा नै बनाउछौ , मेरो ईण्डियन रूममेट मासु को आइट्म बनाउन तगडा छ । माछा मासु त दिन दिनै को खाना जस्तो हुन्छ । बेलुका को खाना खाए पछी   भोली बिहानि को नौलो जीवनी लाई सम्झिएर आँखा को ढोका लगाउछु, फेरी एउटा जिबन्त बिहानि को लागि ।

पढिदिनु भयको मा धन्यबाद
तपाईं को यो समय सफल रहोस।

Mero kathaMay 13, 2008 3:00 am

केहि समय को बिश्राम पछि, केहि  पोस्ट हरुलाइ साचो हाले पछि अनि केहि पोस्ट हरु अति नै गोप्य भयकाले मेटायपछि म पुन मेरो ब्लगिङ्ग सुचारो राख्ने प्रण गर्दछु !यहि साता देखि मैले मेरो अर्को प्राबिधिक ब्लग www.bptb.blogspot.com पनि सुरुबात गरेको छु र यो ब्लग बढि प्राबिदिक हुने छ। 

- बिश्ब पौडेल   

Mero katha 2:57 am

This post is password protected. To view it please enter your password below:

बुवा आमा लाइ चिठि 2:56 am

This post is password protected. To view it please enter your password below:

बुवा आमा लाइ चिठि 2:56 am

This post is password protected. To view it please enter your password below:

Mero katha 2:55 am

This post is password protected. To view it please enter your password below:

Mero kathaJuly 11, 2007 12:45 am

आज बिनोदको जन्म दिन , उसलाइ जन्म दिन को मुरि मुरि शुभकामना!

सधै सफलता ले पच्छावस , यो बर्ष फलोस फुलोस बिनोदकै लागि  

HAPPY BIRTHDAY MY DEAR BROTHER

 

बिश्ब

बुवा आमा लाइ चिठिJuly 10, 2007 11:51 pm

This post is password protected. To view it please enter your password below:

बुवा आमा लाइ चिठि 11:47 pm

This post is password protected. To view it please enter your password below:

Mero kathaJune 6, 2007 1:50 am

This post is password protected. To view it please enter your password below:

Mero katha 1:49 am

This post is password protected. To view it please enter your password below:

Mero kathaJanuary 5, 2007 5:47 am

This post is password protected. To view it please enter your password below: